धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024
भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन

आज राती १२ बजेदेखि लकडाउन अन्त्य

धनगढी

   सरकारले कोरोना महामारी  रोकथामका  लागि  चैत  ११   गतेदेखि   जारी गरेको  लकडाउन   अन्त्य   भएको  बताएको  छ ।

    मन्त्रिपरिषदको  निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन मंगलबार राति १२ बजेपछि अन्त्य हुने जानकारी दिएका हुन् ।

     उनका अनुसार होटल तथा रेस्टुरेन्टहरु साउन १५ गतेदेखि चल्न पाउने निर्णय पनि सरकारले गरेको छ । यद्यपि सामूहिक भोजहरु भने गर्न नपाइने सरकारका प्रवक्ता डा. खतिवडाले जानकारी दिए । सरकारले नेपालको अन्तर्राष्ट्रिय सिमा बन्दलाई भने साउन ३२ गतेसम्म लम्ब्याएको छ । सरकारले अन्तर्राष्ट्रिय सिमामा यात्रुको आगमनमाथीको प्रतिबन्धलाई साउन ३२ सम्म लम्ब्याउने निर्णय भएको सरकारका प्रवक्ता  खतिवडाले जानकारी दिए ।

  यसैगरी सरकारले लामो दूरीका सवारी साधन भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।  भदौ १ गते आन्तरिक तथा बाह्य उडान खुला गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरिसकेको छ ।

  सरकारले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर शैक्षिक कार्यक्रम अघि बढाउन दिने निर्णय गरेको हो । सञ्चारमन्त्री   खतिवडाले पठनपाठन कहिलेदेखि सुरु गर्ने भन्ने निर्णय पछि गरिने बताए ।