धनगढी पोष्ट शुक्रबार, १५ फागुन २०८२   February 27, 2026

कञ्चनपुरमा दुई जना मृत फेला

कञ्चनपुरमा दुई जना मृत फेला

कञ्चनपुर । कञ्चनपुरमा दुई जना मृत फेला परेका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका–४ बडुवाल टोलका अम्मर बडुवालको छोरा १५ वर्षीय अर्जुन बडुवाल आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन्।

इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको प्रहरी टोलीले शवलाई पोष्ट–मार्टमको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाईएको र घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ। 

यस्तै कृष्णपुर नगरपालिका–६ गजरौलाका ६७ वर्षीय कृष्ण लुहार मृत फेला परेका छन्। लुहारको शवलाई सेती प्रादेशिक अस्पताल धनगढीको शव गृहमा राखिको प्रहरीले जनाएको छ। दुबै शव बिहीवार फेला परेका हुन्।