धनगढी पोष्ट बिहिबार, ०७ फागुन २०८२   February 19, 2026

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर

   नेपालमा कोरोना भाईरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।  यस सँगै मुलुकमा कोभिड १९ को कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

   प्रदेश २ को महोत्तरी जिल्लाका ६० वर्षीय शशि भूषण झाको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड १९ उपचारका क्रममा मंगलबार राती मृत्यु भएको प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख प्रा.डा. संञ्जीवकुमार शर्माले जानकारी दिए ।

   प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतक झा कोभिड १९ कै लक्ष्यण सहित गम्भीर अवस्थामा साउन ३ गते अस्पतालमा भर्ना भएका थिए । प्रवक्ता सापकोटाले झालाई अस्पतालमा भर्ना गर्दा परिवारले महोत्तरी स्थित घरमा असार २८ गतेबाटै उच्च ज्वरो आएको जानकारी दिएका थिए ।

    साउन ३ गते भर्ना गरिएसँगै मृतक झाको स्वाब नमूना परीक्षण गरिएको र साउन ४ गते कोभिड १९ संक्रमण पुष्टि भएको उनले    बताए । बेलुका झाको मृत्यु भएसँगै शव राती १२ बजे प्रतिष्ठानबाट नेपाल सरकारको प्रक्रिया अन्र्तगत टोलीले लगिसकेको प्रवक्ता सापकोटाले जानकारी दिए ।