सुदुरपश्चिम प्रदेश सभाको अधिवेशनमा सहभागी भएपछि सुदुपश्चिमका मुख्यमन्त्री दिर्घ बहादुर सोडारीले भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापालाई आइतबार बर्खास्त गरेका छन् । सरकारको बैठकमा सहभागी नहुने निती पालना नगरेको भन्दै मुख्यमन्त्री सोडारीले थापालाई मन्त्रीबाट बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री सोडारीले बैठकमा सहभागी नहुन दिएको निर्देशन अवज्ञा गर्दै मन्त्री थापा आइतबार भएको प्रदेश सभाको बैठकमा सहभागी भएकी थिइन् । यसअघि साउन ८ गते भएको प्रदेश सभाको बैठकमा पनि मन्त्री थापा सहभागी भएकी थिइन् ।
बैठकमा हभागी भएपछि आइतबार बेलका मुख्यमन्त्री सोडारीले मन्त्री थापालाई बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री सोडारीले प्रदेश सभा छलेर बजेट अध्यादेश ल्याउने तयारी गरेपछि कांग्रेस र नेकपा एमालेका प्रदेश सभा सदस्यहरुले प्रदेश सभाको बिशेष अधिवेशनको माग गरेका हुन् । दुवै पार्टीका २५ प्रदेश सभा सदस्यको मागेपछि प्रदेश प्रमुखले प्रदेश सभाको बिशेष अबिधेशन बोलाएका हुन् । प्रदेश सभाको बिशेष अधिवेशन आव्हान भएपछि मुख्यमन्त्री सोडारीले बजेट अध्यादेश ल्याउन पाएका छैनन् ।
सरकारको तर्फबाट प्रदेश सभामा कोही पनि उपस्थित हुन नदिएर संसद् अगाडि बढ्न नदिने मुख्यममन्त्री सोडारीको योजना रहेको थियो । तर मन्त्री थापा सहभागी भएपछि प्रदेश सभा संचालन भएका थिए ।
मन्त्री थापाले जनताको आवाज उठान संसद् आएको बताइन् । संसदमा उपस्थित भएको भन्दै आफूलाई पदबाट हटाएको उनले बताइन् ।
असार १ गते प्रदेश सभाको पेश गरेको चालु आर्थिक बर्षको बजेट पारित गर्न नसकेपछि मुख्यमन्त्री सोडारीले बजेट अधिवेशन अन्त्य गरेर बजेट अध्यादेश ल्याउन खोजेको थिए । तर कांग्रेस र एमालेको मागले बिशेष अधिवेशन संचालन भएपछि बजेट अध्यादेश ल्याउने बाटो रोकिएको हो ।
बजेट पारित हुन नसकेपछि अहिले सुदुरपश्चिममा शुन्य बजेट छ । सुदुरपश्चिम प्रदेशको राजश्व संकलन रोकिएको छ, सरकारले खर्च पनि पाइरहेको छैन ।
सरकारलाई गरेको समर्थन नेकपा एमालेले फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन् । अल्पमतमा परेपछि ३० दिनभित्र बिश्वासको मत लिनु पर्छ । मुख्यमन्त्री सोडारीले अहिलेसम्म बिश्वासको मत लिने प्रस्ताव प्रदेश सभामा पेश गरेका छैनन् ।