धनगढी पोष्ट
बुधबार, १६ साउन २०८१ मा प्रकाशित
धनगढी । सुदूरपश्चिममा गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्रमा सामुदायिक विकास केन्द्र (सि.डि.सि) ले परियोजना सञ्चालन गर्ने भएको छ ।
सामुदायिक विकास केन्द्र डोटीले धनगढीमा बुधबार आयोजना गरेको प्रदेश स्तरीय प्रारम्भिक समन्वयात्मक बैठकमासुदुरपशिचममा गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्रमा केही परियोजनाहरु सञ्चालन गर्ने जनाएको हो ।
यस प्रदेशमा गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम गर्ने सिडिसिले जनाएको छ ।
सिडिसिका कार्यक्रम म्यानेजर हर्क ऐरीले प्रदेशका ३० वटा स्थानीय तहको विद्यालयमा शिक्षा क्षेत्र योजना निर्माण र कार्यान्वयनमा प्राविधिक सहयोग गर्ने बताए । यी ३० वटा स्थानीय तहमा शिक्षा क्षेत्रको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण र कार्यान्वयमा प्राविधिक सहयोग गर्ने उनले बताए ।
३० वटा स्थानीय तहमा लैगिकता, समता, र सामाजिक समावेशीकरण, विपद् तथा जलवायु परिवर्तन उत्थानसिल विद्यालय शिक्षा क्षेत्र योजना निर्माण र स्रोत बिनियोजन भएको उनले बताए ।
चार वटा पालिका ६० वटा विद्यालयहरुमा कमनप्याकेजका क्रियाकलापहरु सञ्चालन गर्ने र विद्यायमा एकिकृत पाठ्यक्रम निर्माण र कार्यान्वयमा सहजिकरण गर्ने उनले बताए ।
६० वटा विद्यालयका १२० जना प्रारम्भिक कक्षाका शिक्षकहरुको बहुभाषा शिषण र समावेशी शिक्षामा क्षमता अभिबृद्धि गर्ने र विद्यार्थीको पढाई ३ प्रतिशत र गणितिय सिपको ४ प्रतिशत बृद्धि हुने उनले बताए ।
यस संस्थाले समावेशी शिक्षा, प्रारम्भिक बालशिक्षा, सुरक्षित विद्यालय र द्रूत सिकाइ योजनामा कामहरु गर्ने जनाएको छ ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव हरीप्रसाद लम्सालले कार्यक्रम राम्रो भएकाले कार्यान्वयमा जोड दिनुपर्ने बताए ।
यो कार्यक्रम लाई ३० वटा पालिकामा मात्रै नभई ८८ वटै पालिकामा लैजानुपर्ने उनले जोड दिए । यस कार्यक्रममा प्रदेश सरकार पनि सहकार्य र समन्वय गर्न तयार रहेको उनले बताए ।
कार्यक्रममा सहभागी संघ संस्थाहरुले कार्यक्रम राम्रो रहेको र यस लाई प्रभावकारी हिसाबले कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् ।
कार्यक्रममा सिडिसि डोटी अध्यक्ष निर्माला रोस्याराको अध्यक्षत्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नौ वटै जिल्ला सिडिसिका अध्यक्ष र गैर सरकारी संघ संस्थाहरुका प्रतिनिधि लगायत ५० जना जतिको सहभागीता रहेको थियो ।