धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

नेपाली काँग्रेस जिल्ला कार्यसमितिद्धारा नगर सचिब देवकोटालाई आर्थिक सहयोग

नेपाली काँग्रेस जिल्ला कार्यसमितिद्धारा नगर सचिब देवकोटालाई आर्थिक सहयोग

धनगढी

  उपचारमा रहेका नेपाली कांग्रेस, लम्की चुहा नगर कार्य समितिका  सचिब इश्वरि प्रसाद देबकोटालाई नेपाली काँग्रेस जिल्ला कार्य समिति कैलालीले आर्थिक सहयोग गरेको छ ।

  साउन २ गते अचानक छातिमा समस्या देखिए पछि लम्किमा रहेको शितल मेडिकलमा चेकजाँच गर्दा उपचार सम्भव नभई हाल काठमाण्डौं स्थित गगालाल हिर्दय रोग केन्द्रमा उपचाररत देवकोटाको उपचारमा सहयोग पुगोस भनेर नेपाली कांग्रेस जिल्ला कार्य समितिले रु ५१ हजार आर्थिक सहयोग पठाएको छ ।

   जिल्ला कार्यसमितिले पठाएको रकम काठमाडौमा नेपाली काँग्रेस जिल्ला सदस्य कृष्ण पाण्डेले उनका छोरा धुर्बराज देवकोटलाई हस्तान्तरण गरेको नेपाली कांग्रेस कैलालीका जिल्ला सदस्य नृप बहादुर सुनारले जानकारी दिए । साथै उक्त हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य बिजय स्वारले ५ हजार नगद सहयोग समेत गरेको सदस्य सुनारले जानकारी दिए ।

  देवकोटाको  मुटुको भल्ब फेर्नु पर्ने भएकाले १२ देखि १५ लाख  सम्मको खर्च लाग्ने उनका छोरा धुर्बराज देवकोटाले जानकारी दिए । साथै उनको उपचारको आर्थिक सहयोगका लागि परिवारजनले  सम्पूर्ण आफन्त, नेताकार्यकर्ता र साथीहरुलाई सक्दो सहयोग गर्न  अपिल गर्दै एनआईसि एसिया बैकमा ३५८७०४१०३९६ ५२४०१ काठमाडौ मा धुर्बराज देवकोटाको नामा खाता खोली सहयोगको याचना  गरेका  छन । नेपाली कांग्रेस कैलालीका पार्टी सभापती नारायण शाहले सबैलाई सक्दो सहयोग गर्न आग्रह गरेका छन ।