धनगढी पोष्ट 
                                बिहिबार, ०८ साउन २०७७  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी
   प्रहरीले अबैध काठ सहित ट्याक्टर र त्यसमा संलग्न ५ जनालाई नियन्त्रणमा लगेको छ । 
     जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले धनगढी उपमहानगरपालिकाको देवरीयामा धनगढी ७ का नरेश चौधरी, बिनु चौधरी, बिरबहादुर चौधरी सहित से २ त ७२, से १ त ५३७३ र से २ त १८५३ नम्बरका ट्याक्टर  पक्राउ गरिएको प्रहरी प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले जानकारी दिए । 
     उनका अनुसार ट्याक्टरमा १ सय ९५ दशमलब ८८ क्युफिट काठ रहेको थियो ।  काठ, ट्याक्टर र त्यसमा संलग्न ३ जनालाई आवश्यक कार्वाहीका लागि जिल्ला वन कार्यालय कैलाली पठाईएको छ ।
     यसैगरी धनगढी उपमहानगरपालिका ६ जाली स्थित करन चौधरीको घर नजिक लुकाई राखेको अबस्थामा  बिभिन्न साईजका चिरान गरि राखिएका ९ वटा गोलिया र बिभिन्न साईजका १ सय २२ कडी बरामद गरिएको प्रहरी नायव उपरिक्षक बिष्टले जानकारी दिए । 
  सोही क्रममा धनगढी ६ जालीकै करन चौधरी र सुरज चौधरीलाई समेत पक्राउ गरि काठ सहित उनीहरुलाई आवश्यक कार्वाहीका लागि वन कार्यालय पठाईएको बिष्टले बताए ।