धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

गाडी खुले, यात्रु आएनन्

गाडी खुले, यात्रु आएनन्

धनगढी

  बिहीबारदेखि जिल्ला भित्रका यातायात सञ्चालनमा आए पनि कैलालीमा यात्रु नआएपछि धेरै सार्वजनिक यातायातका साधन बसबसपार्कमै थन्किएका छन्

  धेरै यात्रुले सार्वजनिक बस खुलेको जानकारी नपाएको कतिपय यात्रुले सुरक्षाका कारण पनि सार्वजनिक यातायातामा सवारी गर्न नसकेको व्यवसायीको भनाई महिना लामो लकडाउनपछि बिहीबारदेखि छोटो दुरीका सार्वजनिक यातायात सञ्चालनमा आए पनि बसमा सवार गर्ने यात्रु नपाएपछि दुई चार बाहेक सबै सार्वजनिक बस बसपार्कमै थन्किएका हुन्

 ‘लामो समयपछि आज (बिहीबार) देखि सार्वजनिक बस सञ्चालन गर्ने निर्णय गरे पनि यात्रु नहुँदा समस्या भएको सुन्दुर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले भनेएक÷दुई वटा बस टीकापुरका लागि छुटेका थिए, यात्रु नपाएका कारण खाली फर्केका छन् सार्वजनिक बस सेवा सुचारु भएको बारेमा धेरै यात्रुले जानकारी नपाएको हुन सक्ने उनले बताए तर कतिपय यात्रु भने कोरोनाको जोखिमका कारण पनि सार्वजनिक यातायातामा यात्रा गर्न हिच्किचाइरहेको उनले बताए

  बस चालक रुपलाल चौधरीले लामो समयपछि बस सार्वजनिक सेवा सञ्चालन भएका कारण यात्रुलाई जानकारी नभएको हुन सक्ने बताए आज (बिहीबार) मात्रै सार्वजनिक बस चलाउन अनुमति पाएका छौं बस चालक चौधरीले भने–‘यात्रु नपाएर सस्या भएको , एक दुई दिनमा आउँछन् भन्ने आसा गरेका छौं

आफुहरुलाई पनि कारोनाको त्रास भए पनि सचेत भएर यातायात सञ्चालन गरिरहेको उनले बताए ज्यानको माया सवैलाई हुन्छ उनले भने–‘तर काम नगरी खान पाइदैन, आफु यात्रुलाई सुरक्षित राख्न सरकारी मापदण्डको पालना गर्ने छौं

सरकारले साउन गतेदेखिनै छोटो दुरीका सार्वजनिक बस सञ्चालन गर्ने अनुमति दिएको भए पनि व्यवसायीले विभिन्न माग राख्दै यातायात सञ्चालन गरेका थिएनन् यातायात व्यवसायी सरका विच साउन गते भएको सहमति पछि मात्रै बिहीबार देखी व्यवसायी गाडी चलाउन सहमत भएका थिए

  सुदूरपश्चिममा केही सार्वजनिक यातायात भने भदौ गते देखिनै सञ्चालनमा आएका थिए सार्वजनिक यातायात महाँसंघमा आवद्ध सावारी साउन गतेदेखि नै सुदूरपचिमका वटै जिल्लामा आन्तरिक रुपमा सञ्चालनमा आएका हुन्

सार्वजनिक यातायात महाँसंघ सुदूरपश्चिम प्रदेश संयोजक डिबि खलौलाले सार्वजनिक यातायातमा यात्रु आउन अझै केही समय लाग्ने बताए अहिले आम नागरिकमा कोरोनाको त्रास उनले भनेयो त्रास हट्न अझै केही समय लाग्न सक्दछ, यो बीचमा हामीले सोचे जसरी सार्वजनिक यात्रु पाउन समस्या हुने