धनगढी पोष्ट मङ्गलबार, १२ साउन २०८३   July 28, 2026

दुई दशक देखि पहिरोको उच्च जोखिममा बाजुराका दुई बस्ती

दुई दशक देखि पहिरोको उच्च जोखिममा बाजुराका दुई बस्ती

धनगढी

बाजुराको बुढीगंगा नगरपालिका अन्तर्गत बजेडी लडाङ गाउँ झण्डै दशक देखि पहिरोको उच्च जोखिममा रहेका  छन गाउँको चारैतिरबाट पहिरो आएको दशक बितिसक्यो अझै पहिरो नियन्त्रण हुन सकेको छैन गाउँको चारै तिरबाट पहिरो आएपछि लडाङको सिंगो बस्ती नै पहिरोको उच्च जोखिममा रहेको

 दुई दशक देखि पहिरोको उच्च जोखिममा रहेको वटा बस्तीको चारैतिरबाट यस बर्ष पनि एक साता यताको अबिरल बर्षा संगै पहिरो बग्न थालेको । बजेडी गाउँको चारैतिरबाट पहिरो बग्न थालेपछी गाउँ नै जोखिममा रहेको स्थानीय दयाराम जोशीले बताए उनले भने –‘२० बर्ष भयो पहिरो आउन शुरु भएको अझै रोकिएको छैन हरेक बर्ष बढ्दै गएको ’ बजेडीका सय ३७ घरधुरी लडाङका सय १० घरधुरी पहिरोको जोखिममा रहेका छन् । जस मध्ये बजेडीका २० घरधुरीहरु विस्थापित भैसकेका छन् बिस्थापित भएकाहरु हाल छिमेकीको घरमा ओत लागेर बसेका छन्

 बुढीगंगा नगरपालिकाका प्रमुख दिपक विक्रम शाहले प्रमुख जिल्ला अधिकारीलाई बस्ती सार्न केन्द्रमा पहल गर्नकालागि पटक पटक अनुरोध गर्दा समेत वास्ता नगरेको बताए नगरपालिकाले उनीहरुलाई राहत दिने हो उनले भने–‘त्यो भन्दा बढी के नै सहयोग गर्न सक्छ ’ २०५० साल पहिले देखि पहिरो बग्न थालेको बजेडी गाउँमा यो वर्ष झनै जोखिम देखिएको

 दर्जनौ परिवार विस्थापित बनेपनि बीचमा केही वर्ष पहिरो सामान्य रोकिएको थियो यो वर्ष भने फेरि सिंगो गाउँ नै विस्थापितको खतरा बढेको नगर प्रमुख शाहको भनाई