धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदुरपश्चिम प्रदेश सरकारको बजेट इन्ट्रि आजबाट सुरु

सुदुरपश्चिम  प्रदेश सरकारको बजेट इन्ट्रि    आजबाट सुरु

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१÷०८२ को बजेट इन्ट्रिी आज (आइतबार) बाट सुरु भएको छ । प्रदेश सरकारले भदौ २० गते भित्रै चालु आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेपनि आज (आइतबार) बाट बजेट इन्ट्रिी सुरु भएको हो । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बजेटकै तयारी भइरहेको बताए । मुख्यमन्त्री शाहले भने,‘२० गते भित्रै बजेट ल्याउने कोसिस हुन्छ । आजबाट बजेट इन्ट्रिी सुरु हुन्छ । २० गतेसम्म ल्याई सक्ने भन्ने कुरा छ । त्यो त दुई÷चार दिन तल माथि होला,’ । 

यसअघि दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गत आर्थिक वर्षको असार १ गते चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि प्रदेश सभामा बजेट पेस गरेको थियो । तर उक्त बजेट पारित हुन नसक्दा साउन १ गतेदेखि प्रदेश सरकार बजेट शून्यतामा गएको छ ।

साउन २१ गते नेपाली कांग्रेस संसदीय दलका नेता शाह नेतृत्वको सरकार गठन भएपछि साउन २३ गते सामयिक राजश्व संकलनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश २०८१ जारी गरेपछि राजश्व संकलन गर्ने बाटो भने खुलाएको छ ।

तर विनियोजनसम्बन्धी कानुन नभएकाले सरकारले हालसम्म कुनै पनि खर्च गर्न नपाउने अवस्था छ । सरकार उधारोमा चलिरहेको छ ।

प्रदेशमा विद्यमान रहेको यही समस्यालाई मुख्यमन्त्री शाह नेतृत्वको नवगठित सरकारले बजेट अन्तर्गतको (वार्षिक कार्यक्रम) पूर्ण रुपमा नयाँ ल्याउने थालेको हो । 

मुख्यमन्त्री शाहले भने,‘२० गते ल्याउने भनेर तयारी गर्नु भनेको हो । मन्त्रालयहरु लाई २० गते हाउसमा प्रस्तुत गर्नुपर्छ भनेर भनेका छौँ,’ ।

आइतबारबाट इन्ट्रिी सुरु भयो तीन दिन जति इन्ट्रिीमा गर्न लाग्ने मुख्यमन्त्री शाहले बताए । उनले अर्थ मन्त्रालयले बजेट तयार गर्न केही दिनको समय लाग्ने बताए । 

यस अघि प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको बजेट ल्याएको थियो ।