धनगढी पोष्ट
शुक्रबार, ०९ साउन २०७७ मा प्रकाशित
धनगढी
एनआरएन लघुबित्त बित्तीय संस्था र हरियाली अभियानकाबीच प्राकृतिक कृषि उत्पादनमा सहयोग पुरयाउने सम्बन्धी सहमति भएको छ ।
सहमतिपछि हरियाली अभियानका सदस्यहरलाई एनआरएनले जैबिक मल उत्पादन, अर्गानिक खेती गर्ने र ती उत्पादनहरुलाई बजारसम्म पुरयाउने कामका लागि आवश्यक लगानी गर्नेछ ।
एनआरएनका प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाह र हरियाली अभियानका प्रमुख कार्यकारी अधिकृत शरद सिंह भण्डारीबीच सहमतिमा हस्ताक्षर भएको छ ।
सहमतिपछि हरियालीले सदस्यहरुलाई उत्पादन र बजारीकरणका लागि प्राविधिक सहयोग गर्ने छ भने एनआरएनले आर्थिक लगानी गर्ने एनआरएनका प्रमुख कार्यकारी अधिकृत इन्द्र शाहले बताए ।
किसान स्मार्ट कार्ड जारी गरिने र स्मार्ट कार्डका आधारमा नै रकम जम्मा गर्ने र भुक्तानी गर्ने व्यवस्था मिलाइने एनआरएनका प्रमुख कार्यकारी अधिकृत इन्द्र शाहले बताए ।
हरियालीका एक लाख सदस्य रहेका छन् । सहमतिपछि सदस्यहरु एनआरएनमा आवद्ध हुनेछन् । हरियालीले १२ जिल्लामा १५ वटा अभियानहरु सँचालन गरेको छ ।