धनगढी पोष्ट 
                                शुक्रबार, ०९ साउन २०७७  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी
 जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत एक जना प्रहरी जवानको दार्चुलामा मृत्यु भएको छ । 
 जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरिक्षक पदम सिंह विष्टका अनुसार मृत्यु हुने प्रहरी जवान दार्चुलाको लेकम गाउँपालिका–१ सर्मोलीका ३३ बर्षे सोभान सिंह साउँद हुन् । जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत ती जवान ८ दिन अघि छुट्टी मनाउन घर फर्केका थिए । 
 ती जवानको मृत्यूको एकिन कारण नखुलेको प्रहरी नायव उपरिक्षक विष्टले बताए । तर मृतक जवान लामो समय देखी एपेण्डिसाईडका विरामी रहेको खुलेको बताउँदै उनले सोहीकारण मृत्यु भएको हुन सक्ने बताए । मृतक प्रहरी जवानको पोष्मार्ट रिपोटी पछि मात्रै मृत्युको कारण पत्तालाग्ने उनले बताए ।