वीरगञ्जमा १७ बर्षिय एक कोरोना संक्रमितको मृत्यु

वीरगञ्जमा १७ बर्षिय एक कोरोना संक्रमितको मृत्यु

काठमाडौँ

   वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएकी युवतीमा कोरोना पुष्टि भएको छ । शुक्रबार मृत्यु भएकी बारा परवानीपुरकी १७ वर्षीया युवतीको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको अस्पतालक मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

 ती युवतीको उपचारको क्रममा शुक्रबार गण्डक अस्पतालमा मृत्यु भएको थियो । वीरगञ्जको हेल्थ केयर अस्पतालबाट रेफर भएर आएकी ती युवतीको उपचारको क्रममा शुक्रबार अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा मृत्यु भएको थियो ।

   शुक्रबार नै वीरगञ्जमा उपचाररत ८५ वर्षका एक वृद्धको समेत मृत्यु भएको थियो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले पनि मृतक युवतीमा कोरोना देखिएको जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ४५ पुगेको छ ।