धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

एशियन लाइफको सुदुरपश्चिम अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

एशियन लाइफको सुदुरपश्चिम  अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

धनगढी । एशियन लाइफ इन्स्यारेन्स लिमिटेडको सुदुरपश्चिम प्रदेश स्तरिय अभिकर्ता सम्मान कार्यक्रम धनगढीमा सम्पन्न भएको छ ।

कार्यक्रममा कैलाली र कन्चनपुरमा रहेका उत्कृष्ठ काम गर्ने  कम्पनीका बिमा अभिकर्ताहरुलाई सम्मानित गरिएको छ । कम्पनीका नायब  प्रमुख कार्यकारी अधिकृत तथा मार्केटिङ बिभाग प्रमुख होम बहादुर श्रेष्ठले अभिकर्ता, क्लब मेम्बर र बिएमहरुलाई दोसल्ला ओढाएर सम्मानित गरेका हन् ।

सो अवसरमा नायब  प्रमुख कार्यकारी अधिकृत तथा मार्केटिङ बिभाग प्रमुख श्रेष्ठले एशियन लाइफसँग उत्कृष्ठ बिमा योजनाहरु रहेको र बिमितहरुलाई सेवा सुविधा दिइरहेको बताए ।

कम्पनीले आफ्नो पुजीलाई थप उत्पादनका क्षेत्रमा लगाएका कारण अझै सक्षम बन्दै गइरहेको उल्लेख गर्दै श्रेष्ठले बिमितहरुलाई उत्कृष्ट सुविधा दिइरहेको बताए ।

एशियन लाइफ आफनै शेयर सदस्यहरुको लगानी थप गरे चुक्ता पुँजी  ५ अर्ब पुरयाउन प्रकृयाअघि बढिसकेको समेत श्रेष्ठले बताए ।

एशियन लाइफका सुदुरपश्चिम प्रदेश प्रमुख गणेश बहादुर साउदले अभिकर्ताहरुको उत्कृष्ठ मेहनतले कम्पनीले राम्रो प्रतिफल दिइरहेको बताउदै अझै बढी सपलता हासिल गरि समाजमा मानव जीवनकोसेवा गर्न आग्रह गरे ।

कम्पनीको मेरुदण्ड नै अभिकर्ता भएको बताउँदै साउदले अभिकर्ताहरुको सफलताले नै कम्पनी सफल हुने बताए ।

नेपाल  अभिकर्ता संघका केन्द्रिय सचिव कर्ण बहादुर हमालले एशियनले उच्चतम सेवा दिइरहेको र बिमितहरुको हितमा अझै सोच्न आवश्यक रहेको बताए ।

  नवराज रावलले संचालन गरेको उक्त कार्यक्रममा एशियन लाइफका सुखड शाखा प्रमुख प्रकाश बहादुर शाहीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 

२०६४मा स्थापना भएको एशियन लाइफको अधिकृत पुँजी ५ अर्ब र चुक्ता पँजी ३ अर्ब  र ३९ अर्बको बीमा कोष छ ।