धनगढी पोष्ट सोमबार, ०१ असार २०८३   June 15, 2026
कोरोना कहर

स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि स्वास्थ्य चौकी बन्द

स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि स्वास्थ्य चौकी बन्द

धनगढी

    कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको एक स्वास्थ्य चौकीले आफ्ना सम्पुर्ण सेवा बन्द गरेको छ । पुनर्वास नगरपालिका वडा नम्बर ५ मा रहेको त्रिभुवनबस्ती स्वास्थ्य चौकीले आज एक सुचना जारी गर्दै सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ ।

    स्वास्थ्यचौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा सोमबार कोरोना पुष्टि भएपछि स्वास्थ्य चौकीले सम्पूर्ण सेवा बन्द गरेको हो । स्वास्थ्य चौकीले एक जना कर्मचारीमा कोरोना पुष्टि भएको र बाँकी स्वास्थ्यकर्मी पनि कोरोनाको उच्च जोखिममा रहेकाले सबैको स्वाब सङ्कलन गर्ने प्रक्रिया भइरहेको र नतिजा नआउँदा सम्म स्वास्थ्य चौकीको सेवा बन्द गरिएको सुचना मार्फत जानकारी गराएको छ ।

   सेवाग्राहीमा समेत संक्रमण फैलिन नदिन सेवा बन्द गरिएको त्रिभुवनबस्ती स्वास्थ्य चौकीका प्रमुख गजेन्द्र विष्टले बताए ।