धनगढी पोष्ट
सोमबार, १२ साउन २०७७ मा प्रकाशित
धनगढी
डडेल्धुरामा विषालु च्याउ खाँदा बालकको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिकामा वडा नम्बर ३ मा जंगलबाट टिपेको विषालु च्याउ खाँदा ८ वर्षीय बालक ललित धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धामीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक प्रतिक बिष्टले जानकारी दिए । उनको शव परीक्षणका लागि सेती अस्पतालमै राखिएको छ ।
च्याउ खादा मृतककी आमा बिस्ना धामी र तीन दिदी बहिनी बिरामी परेका छन् । उनीहरुकोसेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भईरहेको छ ।