हुलाकी राजमार्गको बसन्ता कोरिडोर बाहेकको ४४ किलोमीटर २ लेन बन्ने कार्य शुरु

धनगढी
  धनगढी, शत्ती हुलाकी सडक खण्डको ६२ किलोमिटर मध्य ४४ किलोमिटर सडक स्तरोन्नती गरेर दुई लेनको बनाउने कार्य शुरु भएको  
बसन्ता कोरिडोर बाहेकको क्षेत्रमा दुई लेनको सडक निर्माण गर्ने कार्य साउन गतेदेखि नै सुरु भैसकेको हुलाकी सडक कार्यालय धनगढीले जनाएको  
    सडकलाई खण्डमा विभाजन गरिएको पहिलो खण्ड क्याम्पसरोडदेखि कनरी किलोमिटर, दोश्रो खण्ड कनरीदेखि फुलवारी १२ किलोमिटर, तेश्रो खण्ड फुलबारीदेखि कटौनी किलोमिटर चौथो खण्ड कान्द्रदेखि शत्ती १३ किलोमीटरमा दुइृ लेन निर्माण हुने हुलाकी सडक कार्यालय धनगढीका इन्जिनियर पदम मडैले बताए       उनका अनुसार पहिलो खण्ड अन्तरगत बन्ने क्याम्पसरोड उर्मा सडक खण्ड मध्य पनि क्याम्पसरोडदेखि मनेहरा (कालिका मन्दिर सम्म) सम्म तीन किलोमिटर सडक तीन लेन बाँकी किलोमिटर सडक दुई लेनको बन्नेछ जसको लागत ३७ करोड रहेको  
     यसैगरी सडकको दोश्रो खण्ड कनरीदेखि फुलवारीसम्म बन्ने जसको लम्बाई १२ किलोमिटर रहेको सो खण्डको लागत ३२ करोड रहेको इन्जिनियर मडैले बताए किलोमिटरको तेश्रो खण्ड फुलवारीदेखि कटैनीसम्म बन्ने सो खण्डको लागत २८ करोड रहेको सो खण्ड पनि दुई लेनमा बन्ने

   यसैगरी चौथो खण्ड (कान्द्राशत्ती) को लम्बाई १३ किलोमिटर रहेको दुई देनमै बन्ने सो खण्डको कुल लागत ३२ करोड ७२ लाख रहेको इन्जिनियर मडैले बताए  
वटै सडक खण्ड निर्माणको ठेक्का स्वच्छन्द, जोशी जेभीले पाएको सम्झौता अनुसार निर्माण कम्पनीले आगामी ३० महिना अर्थात साढे दुई बर्ष भित्र सो सडक निर्माण गरिसक्नु पर्नेछ