धनगढी पोष्ट मङ्गलबार, २९ पुष २०८२   January 13, 2026

अछाममा जीप दुर्घटनामा चार जना घाइते

अछाममा जीप दुर्घटनामा चार जना घाइते

अछामको रिडिकोटमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । लु १ ज ४७११ नम्बरको जिप ब्रेक फेल हुँदा बाजुराका चार जना घाइते भएका हुन् ।

बयलपाटाबाट बाजुरा जाँदै गरेको जिप रिडिकोटस्थित मध्यपहाडी लोकमार्गको नालीमा पल्टिँदा बाजुराको त्रिवेणी नगरपालिका–६ बस्ने १ वर्षीया नन्दा बुढा, बुढीगंगा नगरपालिका–४ बस्ने २७ वर्षीय राजेन्द्र लुहार र उनका छोरा ६ वर्षीय सक्षम लुहार तथा बाजुराकै खप्तड छेडेदह गाउँपालिका–३ का गाडी चालक २३ वर्षीय रोहित रावत घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

घाइतेमध्ये नन्दा बुढाको टाउको र मुखमा गम्भीर चोट लागेको छ भने अन्य सबैको अवस्था सामान्य छ । घाइतेको अछामस्थित न्याय हेल्थ बयलपाटामा उपचार भइरहेको छ । गाडी चालक प्रहरीको नियन्त्रणमा छन् ।