धनगढी पोष्ट
आइतबार, २५ कार्तिक २०८१ मा प्रकाशित
धनगढी । नेपाल बिउ व्यवसायी संघ सुदुरपश्चिम कमिटीको छैठौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन बिष्णुराज बुर्लाकोटीको अध्यक्षतामा नया नेतृत्व चयन गर्दै आइतबार धनगढीमा सम्पन्न भएको छ ।
निर्विरोध निवाचित कार्यसमितिको प्रथम उपाध्यक्ष लोकराज पाण्डेय (डडेल्धुरा), दितीय उपाध्यक्ष पुष्पराज भट्ट (कन्चनपुर), महासचिव लोकेश भट्ट, कोषाध्यक्ष लक्ष्मण न्युरे र सचिव भीम न्युरे रहेका छन् ।
त्यस्तै सदस्यमा गोवन्द भट्ट, रमेश प्रिमोघमिरे, नरेश खड्का, अनुप बम, सन्तोष भट्ट र प्रमोद जर्घामगर निर्वाचित भएका छन् ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै सुदुरपश्चिम प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापाले बृहद उत्पादन अहिलेको आवश्यकता भएको बताए । ‘कृषि उत्पादन बढाउने हो भने बृहद क्षेत्रमा खेती गरिनु पर्छ । मन्त्री थापाले भने ‘त्यसका लागि नीतिगत रुपमा आवश्यक व्यवस्था मिलाउन सरकार प्रतिवद्ध छ ।
सुदुरपश्चिम सरकारको प्राथमिकताको क्षेत्र पनि कृषि नै रहेको उल्लेख गर्दै मन्त्री थापाले त्यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न व्यवसायीहरुसँग सहकार्य गरे अघि बढ्न सरकार तयार रहेको बताए । ‘सरकारले गर्नु पर्ने के छ भन्ने मात्र हैन, तपाईहरु पनि के के गर्न सक्नु हुन्छ भन्ने स्पष्ट भएर आउनुस् ।’ मन्त्री थापाले ‘भने मन्त्रालयमा निरन्तर बसेर कृषि क्षेत्रमा ठोस रुपमा अघि बढ्नु पर्छ ।’
सुदुरपश्चिमका सीमा क्षेत्रका किसानहरुमा अहिले पनि भारतीय बीउप्रति नै बिश्वास रहेको भन्दै मन्त्री थापाले बीउ व्यवसायीहरुलाई आफ्नो उत्पादनको गुणस्तर बृद्धि गर्न र बिश्वास सिजना गर्न आग्रह गरे ।
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यज्ञराज जोशीले किसानलाई बचाउन सके मात्र देश बचाउन सकिने भन्दै किसान केन्द्रित भएर सबै कार्यक्रम गरिनु पर्ने बताए ।
सुदुरपश्चिममा अहिले तुलनात्मक रुपमा कृषि उत्पादनमा बृद्धि भए पनि अझै धेरै गर्न बाकी रहेको भन्दै सचिव जोशीले अभै धेरै गर्न सबै लाग्नु पर्ने बताए ।
भृमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रशासन महाशाखा प्रमुख गोकुल बोहराले बिगतको तुलनाम उत्पादन बृद्धि पनि त्यो गुणात्मक हुन नसकेको हो कि भने मनन गर्नु पर्ने बताए ।
संघका अध्यक्ष लोकराज जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम बिष्ट, फाया नेपालकी अध्यक्ष गोमा आचार्यले मन्तव्य व्यक्त गरेका थिए । इश्वर खनालले सँचालन गरेको उक्त कार्यक्रममा बीउ उत्पादक संघका पुर्व केन्द्रिय अध्यक्ष लक्ष्मीकान्त ढकालले सुदुरपचिममा बीउ उत्पादनको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।