धनगढी
अछामको बयालपाटा अस्पतालमा भर्ना भई थप उपचारको लागि नेपालगन्ज रेफर गरिएको महिलामा कोरोना संक्रमण देखिएपछि अस्पतालले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ । अस्पतालमा भर्ना भएकी गर्भवती महिलामा कोरोना पोजेटिभ देखिएको भन्दै आकस्मिक र भर्ना भएका बिरामी बाहेकका सेवा बन्द गरिएको मंगलबार बिज्ञप्ती मार्फत अस्पतालले जानकारी दिएको छ ।
गर्भवतीको सम्पर्कमा धेरै स्वास्थ्यकर्मी आएको भन्दै अस्पतालले संक्रमण फैलिन नदिन र जोखिम कम गर्न सेवा बन्द गरेको जनाएको छ । गर्भवती महिलाको सम्पर्कमा आएका स्वास्थ्कर्मीको पिसिआर परिक्षणका लागि सम्बन्धीत निकायमा पहल भईरहेको अस्पतालले जनाएको छ ।
शनिबार बयापाटा अस्पताल आएर सोमबार मात्रै कोहलपुर रेफर गरिएकी गर्भवती महिलामा कोरोनाको संक्रमण देखिएको हो । जिल्लाको चौरपाटी गाउँपालिका–५ निवासी २५ बर्षिया गर्भवती महिलामा कोहलपुरमा कोरोना भाईसको संक्रमण पुष्टी भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।
भारतबाट आएर ११ दिन अघिबाट दयापिलतोला माविको क्वारेन्टाइनमा रहेकी गर्भवती महिलामा कोरोना भाईरसको संक्रमण देखिएको हो । सोमवार उनलाई हेलिकप्टरबाट कोहलपुर लगिएको थियो ।
a