धनगढी पोष्ट
बिहिबार, ०६ मङि्सर २०८१ मा प्रकाशित
धनगढी । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डोटी जिल्लाको जोरायल ४ की हारादेवी बोहरालाई बिमालाभ बापत सात लाख दुई हजार सात शय ९६ रुपैया प्रदान गरेको छ । छोरी रोहिता कुमारी बोहराको दुर्घटनामा मृत्यु भएपछि एशियन लाइफ इन्स्योरेन्सको धनगढी शाखाले उनकी आमा हारादेवीलाई बिमालाभ बुधबार प्रदान गरेको हो ।
एशिशन लाइफ इन्स्योरेन्सका सुदुरपश्चिम प्रदेश प्रमुख गणेश बहादुर साउदले बुधबार एशिनयको धनगढी शाखामा बिमालाभ रकम हिरादेवीलाई प्रदान गरेका हुन् ।
रोहिता कुमारी बोहराको गत असोज ४ गते दुर्घटनामा मृत्यु भएको थियो । रोहिताले २०७६ को भदौमा ३ लाख ५ हजारको बीमा गरेकी थिइन् । रोहिताले हालसम्म प्रति किस्ता २४ हजार ३ शय ४६ का हिसाबले छ किस्ताको जम्मा १ लाख ४६ हजार ७६ रुपैया बुझाएकी छिन् ।