धनगढी पोष्ट शुक्रबार, २६ पुष २०८१   January 10, 2025

सुलभ दोश्रोको   वार्षिक समीक्षा तथा प्रतिबिम्बन बैठक सम्पन्न

धनगढी उपमहानगरपालिकाका वडा नम्बर १५ का अध्यक्ष सुकदेव रानाले  सिबिओ बिकास केन्द्रले समुदायको हितमा असल अभ्यास गरेकोले  वडा कार्यालय पनि सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

सुलभ दोश्रोको   वार्षिक समीक्षा तथा प्रतिबिम्बन बैठक सम्पन्न

सिबिओ बिकास केन्द्र कैलालीको दिगो जिविकोपार्जनमा सीमान्तकृत समुदायको पहुच (सुलभ दोश्रो)  परियोजनाको  सरोकारवालासँग वार्षिक समीक्षा तथा प्रतिबिम्बन बैठक आइतवार धनगढी उपमहानगरपालिकाको उर्मामा सम्पन्न भएको छ ।

सो अवसरमा धनगढी उपमहानगरपालिकाका वडा नम्बर १५ का अध्यक्ष सुकदेव रानाले  सिबिओ बिकास केन्द्रले समुदायको हितमा असल अभ्यास गरेकोले  वडा कार्यालय पनि सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

वडा नम्बर १७ का अध्यक्ष माधव रानाले  समुदायको आय आर्जन बृद्धिका लागि तरकारी खेतीमा वडाले पनि प्राथमिकता दिएको बताउदै उदेश्य मिलेको हदसम्म वडा कार्यालयसँग सहकार्यगरेर काम गर्न सिबिओसँग आग्रह गरे ।

धनगढी उपमहानगरपालिकाका पशु सेवा अधिकृत पदम बहादुर रौलेले स्वास्थ्यका लागि आवश्यक पर्ने सबै  खानेकुराहरु एउटै बारीमा उत्पादन गर्ने अवधारणा राम्रो रहेको बताए ।

धनगढी उपमहानगरपालिकाका सामाजिक शाखाका प्राविधिक सहायक केशव भट्टले तरकारी खेती गर्दा प्राविधिक पक्षमा पनि जानकारी राखेर काम गर्नु पर्ने बताए । उपमहानगरपालिकामा सम्पर्क गरेर आवश्यक जानकारी लिन सकिने उनले बताए ।

सिबिओ बिकास केन्द्रका कार्यक्रम व्यस्थापक ज्ञानु प्रसाद तिवारीले परियोजनाले समुदायको खाना खाने व्यवहारमा सुधार ल्याएको, बंगुर पालन, बाख्रा पालन, तरकारी खेती मार्फत समुदायको आय आर्जनमा बृद्धि भएको बताए ।

परियोजनामा आवद्ध भएका महिलाहरुको नेतृत्व सीप बिकास भएको, सहकारीको  कारोवा बढेको र सहकारी सबैको अभिभावक बनेको बताए ।

कार्यक्रम सिबिओ बिकास केन्द्रका अध्यक्ष टेक बहादुर सारु मगरको अध्यक्षतामा भएको थियो । सुलभ दोश्रो  सिबिओ बिकास केन्द्रले सन् २०२१ अप्रिलदेखि देखि सुलभ दोश्रो परियोजना सँचालन गर्दै आएको छ ।  परियोजना धनगढी उपमहानगरपालिकाका वडा नम्बर १५,१६, १७, मोहन्याल  गाउपालिकाका  ३ वडा, घोडाघोडी नगरपालिकाका ६ वडा  र कैलारी गाउपालिकाका २ वडामा संचालन भैरहेको छ ।