धनगढी पोष्ट
बुधबार, १७ पुष २०८१ मा प्रकाशित
धनगढी । सुदुरपश्चिममा भुमिसम्वन्धी नीति आवश्यक रहेको भन्दै चाडै भुमि सम्वन्धी नीतिके सम्वोधन गर्न पहल गर्ने सुदुरपश्चिम प्रदेश सभाका सदस्यहरुे प्रतिवद्धता व्यक्त गरेका छन् । प्रदेशमा रहेका भुमि सम्वन्धी समस्याहरुको सम्वोधनका लागि भुमि नीति ल्याउनु पर्नेम प्रदेश सभा सदस्यहरु सहमत भएका हुन् ।
सुदुरपश्चिम प्रदेश सभाको सामाजिक बिकास समितिका सभापति शिवराज भट्टले भुमि नीति जनताको महत्वपुर्ण मुद्धा भएको बताउँदै भुमि नीति बनाउन सरकारलाई निर्देशन दिने बुधबार धनगढीमा आयोजित सुदुरपश्चिम प्रदेशको भुमि सम्वन्धी नीति सम्वन्धी छलफल कार्याक्रममा बताए ।
भुमि सम्वन्धी सवाल प्रदेशमा सम्वोधन गर्ने पर्ने बिषय भएको समेत भट्टले बताए ।
प्रदेश सभा सदस्य धर्मराज पाठकले भुमिको नियन्त्रण, पहुच र निर्णयको अधिकार कसको छ भन्ने बुझेर भुमि नीतिले त्यसलाई सम्वोधन गर्न आवश्यक रहेको बताए ।
प्रदेश सभा सदस्य मान बहादुर धामीले भुमि सम्वन्धी कामको अवस्था प्रदेशमा शुन्यमा रहेको बताउँदै भुमि नीति आवश्यक रहेको तर जुन नीति बनाउन खोज्दा पनि कर्मचारीहरुले संघसँग बाझिन्छ भन्ने गरेको बताए ।
प्रदेश सभा सदस्य प्रकाश रावलले भूमि सम्वन्धी थुप्रै समस्या रहेको बताउदै तिनलाई सम्वोधन गर्नका लागि चाडै भुमि नीति बनाउनु पर्ने बताए ।
बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुवरले गाउँमा बसोबास गरिररहेकाहरुसँग जग्गा छैन, तर गाउँमा बसोबास नगर्नेहरुसँग जग्गाको पुर्जा छ भन्दै यसलाई भुमि सम्वन्धी ऐनले सम्वोधन गर्नु पर्ने बताए ।
गैरसरकारी संस्था महासंघ सुदुरपश्चिमका अध्यक्ष देवी खनालले सरकारी जग्गा अतिक्रमणमा परेको तर निजी जग्गा बाझो रहेको भन्दै यसलाई सम्वोधन गर्ने गरि भुमि ऐन अनाउनु पर्ने बताए ।
फाया नेपालका सचितानन्द जोशीले भुमि राजनीति बिषय भएको बताउँदै भुमिलाई संविधानमा एकल अधिकार नभएर कर्तव्यको रुपमा राखिनु पर्ने बताए ।
नेपाल गाउपालिका महासंघका सुदुरपश्चिमका प्रदेश समन्वय अधिकृत नवराज उपाध्यायले भुमिको लालपुर्जा बितरणको अधिकार संविधानको अनुसुची ८ मा उल्लेख भए पनिहालसम्म कार्यान्वयन नभएको भन्दै कार्यान्वयनका लागि पहल गर्नु पर्ने बताए ।
ह्याबिटेट फर ह्युम्यानिटीको सहयोग र सुदुरपश्चिम प्रदेश सभाको सामाजिक बिकास समितिसँगको समन्वयमा निड्स कन्चनपुरले आयोजना गरेको उक्त कार्यक्रमको सँचालन अधिवक्ता झंकर कुवरले गरेका थिए भने स्वागत मन्तव्य निड्सका कार्यकारी निर्देशक भवराज रेग्मीले व्यक्त गरेका थिए ।