धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

बुधबार धनगढीमा भएको परीक्षणमा थप ५७ जनमा कोरोना पुष्टि

बुधबार धनगढीमा भएको परीक्षणमा थप ५७ जनमा कोरोना पुष्टि

धनगढी

 आज धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा ३८ डोटीका ३७, कैलालीका ८, कञ्चनपुरका ८ र डडेल्धुराका चार जनामा संक्रमण पुष्टि भएको हो ।  अस्पतालले जारी गरेको प्रेस बिज्ञप्ती अनुसार सबैभन्दा बढि डोटीको आदर्श गाउँपालिकामा १४ महिला र २३ पुरुष गरि ३७ जनामा कोरोना पुष्टि भएको छ । 

   यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका चार पुरुष र एक महिला गरी पाँच जना, बेलौरी नगरपालिकाका दुई पुरुष र एक महिला गरी तीन जना र डडेल्धुराको परशुराम नगरपालिकाका चार पुरुषमा कोरोना पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ ।

  यसैगरी बिज्ञप्तीमा कैलालीको भजनी नगरपालिकाका तीन पुरुष र दुई महिला गरी पाँच जना, बर्दगोरीया गाउँपालिकाका दुई पुरुष र एक महिला गरी तीन जनामा कोरोना पुष्टि भएको उल्लेख छ ।