धनगढी पोष्ट
सोमबार, २९ पुष २०८१ मा प्रकाशित
डिस्कोभरी इङलिश बोर्डिङ्ग स्कुल धनगढी ८ कान्तिपुरले माघीको उपलक्ष्यमा प्रथम डिस्कभरी माघी मेला २०८१ को आयोजना गरेको छ । बिद्यालयका शिक्षक कर्मचारी र बिद्यार्थीहरुको सहभागितामा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
समाजमा आपसी सम्मान, भातृत्व र धार्मिक सहिष्णुताको बिकास गर्न तथा कला संस्कृतिको संरक्षण गर्ने उदेश्यले मेला आयोजना गरिएको हो । बिद्यालयले जनाएको छ । ‘हाम्रो समाजको चालचलन रितिरिवाज कस्तो छ भनेर जानकारी दिन अति आवश्यक छ ।’ डिस्कोभरी इङलिश बोर्डिङ्ग स्कुलका प्रिन्सिपल योगेन्द्र सिंहले भने ‘त्यसैले साना बालबालिकाले पनि संस्कृतिबारे सिकुन् भनेर माघीको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम गरिएको हो ।’
बिद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा बिद्यार्थीहरु, शिक्षकहरु र स्थानीय कलाकारहरुले स्थानीय संस्कृति झल्किने नृत्य, संगीत, प्रस्तुति, पहिरन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बिद्यार्थीहरुले स्थानीय परिकारका स्टलहरु समेत प्रदर्शन गरेका छन् । तिलको लड्डु, चाकु, ढिक्री, सिद्राको अचार, बटुक लगायतका मम, समोसा स्टलमा राखिएका थिए । ‘बिद्यार्थीले पढाईसँगै दैनिक जीवनमा कसरी अघि बढ्न सकिन्छ भनेर बिद्यार्थीले आफैले पकाएका परिकारहरुको स्टल पनि राखेका हौं ।’ प्रिन्सिपल सिंहले भने ‘यसले बिद्यार्थीलाई यसले पाठ्यक्रममा भएका कुरा व्यवहारमा उतार्न सिकाउँछ ।’
बिद्यालयका संस्थापक अध्यक्ष बिर्ख बहादुर सिंहले स्वागत र शुभकामना मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको संचालन डम्मर चौधरी, गीतान्जली चौधरी र अविनाश गुरागाइले गरेका थिए ।