धनगढी पोष्ट
बिहिबार, १५ साउन २०७७ मा प्रकाशित
नेपालगञ्ज
पछिल्ला केही दिन यता कोरोना संक्रमण बढ्दै गएपछि बाँकेमा आइतबारदेखि निषेधाज्ञा जारी गरिने भएको छ ।
समुदाय स्तरमै कोरोना देखिएपछि जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा बिहिबार बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले आइतबारदेखि तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमणको विस्तारलाई रोक्न हाललाई तीन दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । राजश्व कार्यालयका ११ जना कर्मचारी सहित नेपालगञ्जमा बिहिबार २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।