धनगढी पोष्ट
बुधबार, ०९ माघ २०८१ मा प्रकाशित
डयुटीकै रहेका प्रहरी जवानले कन्चनपुरमा आफैंमाथि गोली प्रहार गरेका छन् । बुधवार साझ कबि साढे आठ बजे गरेको गोली प्रहारबाट उनी आफै घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक उमेश जोशीले सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल विष्टले बुधबार साँझ आफैंमाथि गोली प्रहार गरेको बताए ।
गोली प्रहारबाट गम्भीर घाइते प्रहरी जवानलाई थपउपचारका लागि धनगढीको निसर्ग अस्पताल लगिएको छ ।
प्रहरी नायब उपरिक्षक उमेश जोशीका अनुसार प्रहरी जवान जोशी हातहतियार राखिने स्थान (सेन्ट्री कोत गारद) मा खटिएका थिए । दाहिने कान भन्दा माथि गोली लागेको छ ।
गम्भीर घाइते प्रहरी जवान विष्टलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल हुँदै कैलालीको धनगढीस्थित निसर्ग अस्पताल लगिएको छ ।