धनगढी पोष्ट
शनिबार, १२ माघ २०८१ मा प्रकाशित
धनगढी । सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले बाल विवाह बिरुद्धको प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् । कैलालीको गोदावरी नगरपालिकाको मझगाउमा शनिबार आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहले बालविवाह अन्त्यको प्रतिवद्धतामा हस्ताक्षर गरेका हुन् ।
सो अवसरमा मुख्यमन्त्री शाहले कानुनी रुपमा निषेध गरिएको बालविवाह अझै पनि नेपाली समाजमा कायम रहेकोले यसलाइ रोक्ने अभियान सही भएको बताए ।
सरकार बालविवाह न्युनीकरणका लागि प्रतिवद्ध रहेको भन्दै मुख्यमन्त्री शाहले यस अभियानमा साथ र सहयोग रहने बताए ।
बेस र जस्ट राइटस फर चिल्डेन नेपालले बालविवाह ा बिरुद्धको हस्ताक्षर अभियान संचालन गरिरहेका छन् । काठमाण्डौबाट शुरु भएको अभियानले देशभरि बालविवाह विरुद्ध जनप्रतिनिधि र सर्वसाधारणको प्रतिवद्धता संकलन गर्ने बेसका लक्ष्मण चौधरीले बताए ।