धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025
मजगाउ नगर स्तरीय माघी महोत्सव २०८१

माघी सँस्कृति, रितिरिवाज जोगाउने पर्व हो  : मुख्यमन्त्री शाह

माघी सँस्कृति, रितिरिवाज जोगाउने पर्व हो  : मुख्यमन्त्री शाह

धनगढी । कैलालीको गोदावरी नगपालिकाको मजगाउमा नगर स्तरीय माघी महोत्सव २०८१  शुरु भएको छ । सस्कृति संरक्षण, स्थानीय पर्यटन र आधुनिक कृषि प्रवद्र्धनका लागि एक जुट हौऔं भन्ने मुला नाराका साथ शुरु भएको होत्सव तीन दिनसम्म सँचालन हुनेछ । 

मजगाउँ थारु संग्रालय, थारु सामुदायिक होमस्टे, न्यु सुनिया चारपाते युवा क्लवको सहकार्य, थारु कल्याणकारिणी सभा र बरघर भलमन्सा गोदावरी नगर समितिको आयोजनामा महोत्सव हुन लागेको हो ।

थारु कल्याणकारी सभाको केन्द्रिय पार्षद तथा माघी महोत्सवका सल्लाहकार माधव चौधरीले थारु समुदाय र समग्र नेपालीको संस्कृतिको संरक्षण गर्नु पर्छ भन्ने नाराको साथमा महोत्सव आयोजना गरिएको उनले बताए । थारु खानपान, लवाईखवाई अवको पिडिलाई सिकाउन महोत्सव आयोजना गरिएको बताए ।

 महोत्सवमा विभिन्न स्थानिय कलाकारको प्रस्तुती, सांस्कृतिक झाकी प्रस्तुती, परम्परागत पोशाक, परम्परागत खानपान र थारु संग्रहालय अवलोकन गर्न पाईने बताईएको छ ।

माघी महोत्सवको सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरेका छन् । सो अवसरमा मुख्यमन्त्री शाहले माघी हाम्रो सँस्कृति, परम्परा, रितिरिवाज, अपसि सद्भावलाई जोगाउने पर्व भएको बताउदै यस संस्कृतिको जोगेर्ना गर्न यस्ता महोत्सवको महत्व रहेको बताए ।

मुख्यमन्त्री शाहले नागरिक समाज, सरकार, स्थानिय मिलेर हाम्रो सँस्कृति जोगाउन सवैले लाग्नुपर्ने बताए ।

सरकारले गर्नु पर्ने कामको लागि आफु तयार रहेको मुख्यमन्त्री शाहले बताए । आफु सरकारमा भए पनि नभए पनि उपयुक्त ठाउँमा थारु संग्रालय बनाउनुु पर्नेमा जोड दिदै पक्रिया मिलाएर आउन र योजनाका लागि आफुु तयार रहेको उनको भनाई रह्यो ।

 मुक्त कमैया, हलियाको लागि आफु पहिलो चोटी मुख्यमन्त्री भएको बेलामा कार्य विधि निर्माण गरि सकेको बताउदै छिटै कार्यान्वयनको चरणमा लगिने उनले बताए ।