धनगढी पोष्ट
शुक्रबार, १६ साउन २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशमा कोरोना परिक्षणका लागि संकलित ३ हजार ९ थ्रोट स्वावको अझै नतिजा आउन वाँकी रहेको छ ।
पिसीआरका लागि बिहिवार सम्म संकलित ३६ हजार २ सय ४४ थ्रोट स्वाव मध्य ३ हजार ९ स्वावको परिक्षण हुन वाँकी रहेको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिह कार्कीले जानकारी दिए ।
उनका अनुसार संकलित थ्रोट स्वाव मध्य ३३ हजार २ सय ३५ नमुना जाँच गरिएको र ति मध्य २८ हजार ९६९ नमुना नेगेटिभ र ४ हजार २ सय ६६ नमुना पोजेटिभ अर्थात कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्य १ हजार १३ महिला र ३ हजार २ सय ५३ पुरुष रहेका छन् ।
‘अहिले सुदूरपश्चिम प्रदेशका दुई ठाउँमा कोरोना परिक्षण भईरहेको छ’ महाशाखा प्रमुख कार्कीले भने केही दिन भित्र संकलित सबै नमुनाको जाँच सकिन्छ, नयाँ स्वाव संकलन पनि जारी छ ।’
सुदूरपश्चिममा धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशाला र डडेल्धुरा स्थित डडेल्धुरा अस्पतालको प्रयोगशालामा कोरोना परिक्षण भईरहेको छ ।
महाशाखा प्रमुख कार्कीका अनुसार सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या तीन हजार ८ पुगेको छ । उनका अनुसार अहिलेसम्म सबैभन्दा बढि अछामका पाँच सय ४१, डोटीका पाँच सय ३७, कैलालीका पाँच सय ३०, कञ्चनपुरका चार सय ८१, बैतडीका दुई सय ९९ र डडेल्धुराका दुई सय ६७ जनााई डिस्चार्ज गरिएको छ ।
यसैगरी बाजुरा दुई सय ५३ , बझाङबाट ८७ र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको कन्त्रालयका महाशाखा प्रमुख कार्कीले जानकारी दिए । यस्तै सुदूरपश्चिम प्रदेशका ५३ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी एक हजार तीन सय ९४ जना भने घर र स्थानीय तहको क्वारेन्टिनमा रहेका छन् । संक्रमित मध्य नौँ जनाको मृत्यु भईसकेको छ ।