जगदम्बा इन्टरप्राईजेजका सीईओको कोरोना संक्रमणका कारण मृत्यु

जगदम्बा इन्टरप्राईजेजका सीईओको कोरोना संक्रमणका कारण मृत्यु

वीरगञ्ज

  वीरगञ्जमा रहेको जगदम्बा इन्टरप्राईजेजका सीईओको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

    ५६ वर्षीय सीईओको कोरोना संक्रमणका कारण बिहीबार राति अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा मृत्यु भएको हो । अस्पतालका डाक्टर निरज सिंहका अनुसार उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो । भारतीय नागरिक रहेका उनी मुटु समबन्त्री रोगले समेत ग्रसित थिए ।

 गत साउन १२ गते मात्रै उनीसहित जगदम्बा इन्टरप्राईजेजमा कार्यरत तीन जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै बिहीबार मात्र बीरगञ्जमा कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ । यी तीन जना थपिए  सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ५५ पुगेको छ ।