धनगढी पोष्ट बुधबार, २८ फागुन २०८१   March 12, 2025

चालु आवमा धेरै बजेट खर्च गर्नेमा परराष्ट्र पहिलो, उद्योग मन्त्रालयको सबैभन्दा कम

चालु आवमा धेरै बजेट खर्च गर्नेमा परराष्ट्र पहिलो, उद्योग मन्त्रालयको सबैभन्दा कम

काठमाडौं  । चालू आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक अवधिमा परराष्ट्र मन्त्रालयले सबैभन्दा बढी बजेट खर्च गरेको छ ।

बिहीबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा परराष्ट्र मन्त्रालयले सबैभन्दा बढी बजेट खर्च गरेको देखिएको हो । 

अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार  परराष्ट्र मन्त्रालयले सबैभन्दा बढी बजेट खर्च गरेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म परराष्ट्र मन्त्रालयले विनियोजित बजेटको कुल ३ अर्ब ४३ करोड रुपैयाँ अर्थात् बजेटको ५०.६४ प्रतिशत खर्च गरेको छ ।

मन्त्रालयलाई कूल ६ अर्ब ७९ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । परराष्ट्र मन्त्री आर्जु राणा देउवा छिन् । 

अर्ध वार्षिक अवधिमा बजेट खर्च गर्नेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कमजोर देखिएको छ । उद्योग मन्त्रालयले विनियोजित बजेटको ७.६२ प्रतिशत मात्रै खर्च गरेको छ ।

 मन्त्रालयलाई विनियोजित कूल ८ अर्ब ८ अर्ब ४ करोड बजेटमा ६१ करोड मात्रै खर्च भएको देखिएको छ । उद्योग मन्त्रालयको  जिम्मेवारी दामोदर भण्डारीले सम्हालेका छन् । 

त्यस्तै,  रक्षा मन्त्रालयले कूल विनियोजित बजेटको  ४६ प्रतिशत बजेट खर्च गरेको छ भने  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ४३ प्रतिशत बजेट खर्च गरेको छ ।

प्रधानमन्त्रीको कार्यालयले विनियोजित बजेटको ३३ प्रतिशत खर्च गर्दा अर्थ मन्त्रालयले २२ प्रतिशत बजेट खर्च गरेको देखिएको छ ।