बाजुरामा पहिरोमा बेपत्ता युवकको तीन दिनपछि शव भेटियो

बाजुरामा पहिरोमा बेपत्ता युवकको तीन दिनपछि शव भेटियो

धनगढी

  बाजुरामा बुधबार दिउसो पहिरोमा परि हराएका एक युवकको शव आज भेटिएको छ । बुधबार अविरल वर्षासंगै बाजुराको बुढीगंगा नगरपालिका अम्कोटमा गएको पहिरोमा पुरिएर वेपत्ता भएक युवकको शव शुक्रबार विहान भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

  साँफे मार्तडी सडकखण्डमा पर्ने अम्कोटमा पहिरोमा पुरिएर बेपत्ता भएका बुढीगंगा नगरपालिका१ अम्कोटका २२ वर्षीय धर्मराज पाध्याको शव भेटाएको जिल्ला प्रहरी कार्याल्य बाजुराका प्रहरी प्रवक्ता दानबहादुर रोकायाले जानकारी दिए ।

 उनका अनुसार बुढीगंगा नदीको छेउमा ढुंगाले च्यापेको अवस्था शव फेला पारेको बताए । पहिरोमा बेपत्ता भएदेखि नै पाध्याको नेपाली सेना,शसस्त्र प्रहरी,नेपाल प्रहरी र स्थानीयले  खोजी गरिरहेका थिए ।

  सोही पहिरोमा परी स्थानीय हरेन्द्र पाध्याय र ज्ञानराज पाध्याय घाइते भएका थिए । घाइते दुवै जनाको अछामको बयालपाटामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।