धनगढी पोष्ट
सोमबार, २८ माघ २०८१ मा प्रकाशित
धनगढी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुदूरपश्चिम प्रदेश समितिले शैक्षिक क्षेत्रमा योगदान पुरयाउने डिल्ली जोशी सहितपाच जनालाई सम्मानित गरेको छ । धनगढीमा सोमबार भएको चौथो अधिवेशनमा प्याब्सनले उनीहरुलाई सम्मान गरेको हो ।
गृहमन्त्री रमेश लेखकले जोशीलाई दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।
सम्मानित जोशी मानवअ अधिकार एलायन्सका सुदुरपश्चिम अध्यक्ष एवम पुर्व शिक्षक हुन् । जोशीले शिक्षा र मानव अधिकारको क्षेत्रमा लामो समयदेखि योगदान पुरयाउदै आएका छन् ।
सम्मानित हुनेमा शिक्षाविद् एवम् सुदूरपश्चिम विश्वविद्यालयका पुर्व रजिष्ट्रार डा. हेमराज पन्त, सुदूरपश्चिम नीति तथा योजना आयोगका सदस्य डा. हिरा चन्द, पञ्चोदय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक यादवप्रसाद जोशी र गार्डनर बोर्डिङ स्कुलका संचालक कैलाश प्रसाद दाहाल, रहेका छन् ।