धनगढी पोष्ट
शुक्रबार, १६ साउन २०७७ मा प्रकाशित
धनगढी
६ लेन सडकको दायँबाँया क्षत्रमा गरिएको अव्यवस्थित सवारी पार्किङका कारण दुर्घटना बढ्न थालेको छ ।
६ लेन सडक अन्तरगत चटकपुर देखी बोराडाडी सम्म सडकको क्षत्र कब्जा गर्दै दायाँबायाँ पार्किङ गरेर खाखेका इन्धन बोक्ने ट्याङकर, ट्रक, बसलगायतका सवारी साधनमा साना सवारी ठोक्किएर दैनिक दुर्घटना हुने गरेको स्थानीयले जनाएका छन् ।
‘सडकको दुवै तर्फ पार्किङ गरिने ट्याङ्कर, ट्रक, बसका कारण रातीको समयमा सवारी यात्रा गर्न निक्कै समस्या भएको छ’ बोरोडाँडीका स्थानीय नारायण पन्थिले भने–‘रातीको समयमा ठुला गाडीमा ठोक्किएर मोटरसाइकल बढी दुर्घटनामा पर्ने गरेका छन् ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली प्रमुख प्रहरी निरिक्षक शरोज ठकुराठीले ट्याङ्करको व्यवस्थापन हुन नसक्दा ६ लेन सडक अन्तरगत चटकपुर बोराडाँडी क्षेत्रमा पार्किङ व्यवस्था भद्रगोल बनेको बताए । उनका अनुसार सडकमा गरिने सवाी पार्किङका कारण मात्रै चैत देखी हाल सम्म ६१ सवारी दुर्घटना भएका छन् । जसमध्य ११ जनाले सवारी दुर्घटनाका कारण ज्यान गुमाईसकेका छन् ।
‘हामीले ट्याङ्करको व्यवस्थापन गर्न आयल निगमलाई पटक–पटक आग्रह गर्दै आएका छौं’ उनले भने–‘तर उचित ठाउँ नपाउँदा समस्या भएको भन्ने जवाफ आउँछ ।’ आयल निगमले पार्किङका लागि ठाउँ व्यवस्थापनको टुङ्गो लगाउने वित्तिकै चटकपुर क्षत्रमा थप ट्राफिक परिचालन गरी सडकमा सवारी पार्किङ कार्य रोक्ने उनले बताए ।
‘अहिले हामी संग प्रयाप्त जनशक्ति पनि छैन’ ट्राफिक इन्चार्ज ठकुराठीले भने–‘प्रदेश कार्यालय संग थप जनशक्ति मागगरेका छौं, जनशक्ति थपिए सडकको सवारी पार्किङ पनि हटाउने छौं ।’
नेपाल आयलनिगम धनगढी डिपो प्रमुख शर्पराज शर्माले ट्याङ्कर पार्किङका लागि जग्गाको टुङ्गो लागि सकेको बताए । बोरोडाँडीमा १० कठ्ठा जमिन भाडामा लिएर ट्याङ्कर पार्किको व्यवस्था गर्न गालेको उनले बताए ।
साउन १ गते देखीनै बोरोडाँडीमा जग्गा भाडामा लगेको भएपनि बर्षाका कारण पार्किङका लागि तयारी गर्न नसक्दा ढिलो भएको उनले बताए । उनले तेल भरेर आएका ट्याङ्कर खाली नगरुन्जेल भने पार्किङ क्षेत्रमा राख्न नसकिने बताए ।