धनगढी पोष्ट बिहिबार, ०१ फागुन २०८१   February 13, 2025

धनगढी नमुना प्राविधिक माविको अभिभावक सचेतना कार्यक्रम सम्पन्न

बिद्यालयप्रति अभिभावको रुचि बढाउन, आफ्ना बालबालिकाको पढाई र संगतका बारेमा चासो राख्न अभिभावकलाई अभिप्रेरित गर्ने उदेश्यले उक्त कार्यत्रमको आयोजना गरिएको बिद्यालयले जनाएको छ ।

धनगढी नमुना प्राविधिक माविको अभिभावक सचेतना कार्यक्रम सम्पन्न

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाउँमा रहेको धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयको अभिभावक सचेतना कार्यक्रम २०८१ सम्पन्न भएको छ । माघ २८ गतेदेखि सुरु भएको अभिभावक सचेतना कार्यक्रम तीन दिनसम्म सञ्चालन भई बुधबार सम्पन्न भएको हो ।

बिद्यालयप्रति अभिभावको रुचि बढाउन, आफ्ना बालबालिकाको पढाई र संगतका बारेमा चासो राख्न अभिभावकलाई अभिप्रेरित गर्ने उदेश्यले उक्त कार्यत्रमको आयोजना गरिएको बिद्यालयले जनाएको छ ।

धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालय प्रधानध्यापक लक्ष्मणदत्त भट्टले अहिलेसम्म विद्यालयमा अभिभावकहरुको कमी कमजोरी नै रहेको बताए । अभिभावकहरु विद्यालयमा आएर आफना छोरा–छोरीको पठन पाठन सम्बन्धी कुनै पनि चाँसो नराख्ने गरेकोले गर्दा विद्यालय प्रति अभिभावकको आकर्षण बढाउनका लागि कार्यक्रमको मुख्य उदेश्य रहेको उनले बताए । 

यस कार्यक्रमबाट अब अभिभावकहरुलाई विद्यालयमा परिक्षाको नतिजा प्रकाशन गर्ने बेला अनिवार्य उपस्तिथी गर्ने वातावरणको सिर्जन समेत गर्ने उनको भनाइ छ । अभिभावकहरुलाई बढी भन्दा बढी विद्यालय सँग जोडने र विद्यालय पनि आफनो हो भने अपनत्व गराउने र शैक्षिक वातावरण निर्माण समेत गर्ने उनले बताए ।

कार्यक्रममा बिद्यालयमा बिद्याथीहरुले गर्ने क्रियाकलापहरु अभ्यासका माध्यमबाट अभिभावकलाई  जानकारी गराइएको थियो । कार्यक्रममा अभिभावक, बिद्यार्थी र शिक्षकहरुको सहभागिता रहेको थियो ।

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले सचेतना कार्यक्रमले गर्दा विद्यार्थी, अभिभावक, शिक्षक र सामुदायिक विद्यालय प्रतिको जनप्रतिनीधिको आ–आफनो जिम्मेवारी प्रति अपनत्व बोध गराएको बताइन् । सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढेको र विद्यार्थीहरुले सरकार चिन्नुका साथै स्थानीय सरकार सँग पहुँच बनाउन सफल भएको उनले बताइन् । विद्यार्थीलाई पढाई मात्रै नभई शिक्षासँग संस्कारको पनि आवश्यकता रहेको उनको भनाइ थियो । विद्यार्थी, अभिभावक, शिक्षक र जनप्रतिनीधिको समन्वय सहकार्य निरन्तर हुन आवश्यक रहेको उनले बताइन् ।

बुटवलको कालिका मानव ज्ञान माध्यमिक विद्यालयका अनुशासन शिक्षक हरिश ओलीले विद्यालयका विद्यार्थी, शिक्षक÷शिक्षिका र अभिभावकहरुलाई मनोपरामर्श सम्बन्धी ज्ञान दिएका थिए ।