धनगढी पोष्ट
शुक्रबार, १६ साउन २०७७ मा प्रकाशित
धनगढी
पछिल्लो २४ घण्टाको अवधीमा सुदूरपश्चिममा थप २६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको २ सय ७१ स्वाव परिक्षण गरिएको थियो । जसमा कैलालीका २३, बझाङका २ र कञ्चनपुरका १ जनामा कोरोना संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
२४ घण्टाको अवधिमा संक्रमण पुष्टी भएका हरुमा ८ महिला र ८ पुरुष गरी धनगढीका १६ जना, १ महिला र ६ पुरुष गरी टिकापुरका ७ जना, बझाङको मष्टा गाउँपालिका वडा नम्बर १ र छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर ७ का १÷१ जना तथा कञ्चनपुरको भिमदत्त नगरपालिका–१७ का एक जनामा कोरोना संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।