धनगढी । मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेश धनगढी शाखाको भनव निर्माण गर्ने उद्देश्यले धनगढीमा सञ्चालन गरेको महायज्ञबाट ४ करोड ८३ लाख रूपैयाँ बराबरको दान संकलन भएको आश्रमले जनाएको छ ।
एक हप्तासम्म सञ्चालित महायज्ञमा सुदूरपश्चिमबासी मनकारी दाताहरूको उत्साहजनक सहभागीतामा महायज्ञ सम्पन्न भएको छ । महायज्ञको अन्तिम दिन बुधबार भने ४७ लाख रूपैयाँ संकलन भएको मानवसेवा आश्रम वित्त विभागले जानकारी दिएको छ ।
धनगढी शाखाको भवन निर्माण गर्न सुरू भएको महायज्ञमा सहभागीहरूले दाताहरूले गक्षअनुसारको दान गरेर धन, मन, धनको त्रिवेणीबाट सहयोग गरी सहयोगापेक्षी सडकआश्रित सुदूरपश्चिम प्रदेश बनाउन थप सहयोग मिलेको छ ।
महायज्ञमा बुधबार धनगढी उपमहानगरपालिका-५, कैलाली निवासी प्रकाश नारायण भण्डारीले स्वर्गीय बुवा डिल्ली राजभण्डारी स्वर्गीय आमा गणेश कुमारी भण्डारी, स्वर्गीय लिलादेवी भण्डारीको स्मृतिमा भवन निर्माण गर्ने उद्देश्यले १ लाख ११ हजार १ सय ११ रूपैयाँ दान गर्नुभएको छ ।
कञ्चनपुर निवासी हिक्मतबहादुर ठकुराठीले स्वर्गीय बुवा कृष्ण सिंह ठकुराठी र स्वर्गीय आमा शोभादेवी ठकुराठीको स्मृतिमा १ लाख ११ हजार १ सय ११ रूपैयाँ योगदान गर्नुभएको छ ।
धनगढी निवासी टेकराज ओझाले स्वर्गीय बुवा घनश्याम ओझाको स्मृतिमा भवनको एक कोठा निर्माणका लागि निमित्त ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दिने प्रतिवद्धता गर्नुभएको छ ।
धनगढी उपमहानगरपालिका(५ कैलाली स्थित निसार्ग अस्पताल एवं सम्पूर्ण कर्मचारी एवं चिकित्सक परिवारद्वारा भवन निर्माणका लागि २ लाख ५१ हजार योगदान भएको छ ।
भवन निर्माणका लागि धनगढी उपमहानगरका नगर प्रमुखले गोपी हमालले १ लाख १६ हजार दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ७,८, १०, ११, १२, १८, १९ का वडा अध्यक्षहरूले संयुक्त रूपमा आश्रम एक कोठा निर्माणको लागि प्रतिवद्धता व्यक्त गरेका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १५, १६, १७ कार्यालयबाट संयुक्त रुपमा एक कोठा निर्माणको लागि २ लाख १८ हजार रूपैयाँ योगदान भएको छ भने धनगढी उपमहानगरपालिका वडा नम्बर ७ कार्यालयद्वारा भवन निर्माण सेवाका लागि १ लाख ११ हजार १ सय ११ रूपैयाँ, धनगढी उपमहानगरपालिका वडा नम्बर ८ कार्यालयद्वारा भवन निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रूपैयाँ, धनगढी उपमहानगरपालिका वडा नम्बर १२ कार्यालयद्वारा १ लाख ११ हजार १ सय ११ रूपैयाँ, धनगढी उपमहानगरपालिका कैलालीस्थित नम्बर १९ कार्यालयले १ लाख ११ हजार १ सय ११ रूपैयाँ, धनगढी उपमहानगरपालिका, कैलाली स्थित धनगढी उपमहानगरपालिका वडा नम्बर १८ कार्यालयले १ हजार ११ सय १ सय ११ रूपैयाँ, धनगढी उपमहानगरपालिका-५ तारानगर निवासी नविन कान्त पन्तले स्वर्गीय बुवा देवकान्त पन्तको स्मृतिमा भवन निर्माणका लागि ५१ हजार १ सय ५१ रूपैयाँ, धनगढी उपमहानगरपालिका(७, कैलाली निवासी भगतबहादुर थापाले पितृहरुको स्मृतिमा ५१ हजार १ सय ११ रूपैयाँ, धनगढी उपमहानगरपालिका-५ कैलालीस्थित ऐश्वर्य विद्या निकेतन तथा ऐश्वर्य बहुमुखी क्यामपस परिवारले भवन निर्माण सेवाका लागि ४४ हजार ३ सय ५६ रूपैयाँ प्रदान गरेको छ ।
धनगढी उपमहानगरपालिका-१, कैलालीस्थित शिखर मलिकार्जुन वस्त्रालयले २५ हजार ५ सय ५५ रूपैयाँ दान गरेको छ ।
त्यस्तै धनगढी उपमहानगरपालिका(४ कैलालीस्थित होलसेल व्यवसायी संघद्वारा भवन निर्माण सहयोगार्थको लागि ३१ हजार ४ सय ३५ रूपैयाँ, धनगढी उपमहानगरपालिक-१, कैलालीस्थित श्री होटल व्यवसायी संघ कैलालीले निर्माण सहयोगार्थको लागि ३१ हजार १ सय रूपैयाँ योगदान गरेको छ ।
धनगढी उपमहानगरपालिका(३ कैलाली निवासी योगेन्द्र बम ९याम०ले स्वर्गीय आमा रम्भादेवी बमको स्मृतिमा भवन निर्माणका लागि २१ हजार १ सय ५ रूपैयाँ दान गर्नुभएको छ ।
भवन निर्माणका लागि कीर्तिबहादुर साउँद र गोदावरीदेवी साउँदले १५ हजार १ सय ५५ रूपैयाँ, मनिसा कार्कीले ५ हजार १ सय रूपैयाँ, धनगढी उपमहानगरपालिका-१ कैलाली निवासी टेकबहादुर रजक परिवारद्वारा भवन निर्माणका लागि १० हजार ५ रूपैयाँ, रतन बहादुर खातीले १५ हजार ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका-४, कैलालीस्थित ग्ली एकेडेमीले भवन निर्माण सहयोगार्थ १५ हजार १ सय रूपैयाँ, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले २० हजार १ सय २५ रूपैयाँ दान गर्नुभएको हो ।
धनगढी उपमहानगरपालिका-४, कैलाली निवासी आशा उपाध्यायले पितृहरुको स्मृतिमा भवन निर्माणका लागि ५ हजार १० रूपैयाँ, भवन निर्माण सहयोगका लागि ऐश्वर्य सिंहले ५ हजार १ सय ५५ रूपैयाँ, बन्दना पन्तले ५ हजार ५ रूपैयाँ, रामबहादुर राउत र कुन्ती रावतले ५ हजार ५ सय ५५ रूपैयाँ, पदमादेवी खड्काले ५ हजार ५५ रूपैयाँ, पुष्पराज पनेरु र राधा पनेरुले ५ हजार ५ सय ५५ रूपैयाँ, सुजन थापाले ५ हजार १ सय, धनसिंह थापाले ५ हजार १ सय, शेरनाथ योगीले ५ हजार १ सय रूपैयाँ, कालीका समुदाय उपभोक्ता वन समूहले ८ हजार ५५ रूपैयाँ, भिमबहादुर बोहराले १० हजार ७ सय २५ रूपैयाँ, खप्तड टोल विकास समितिले स्मृतिमा भवन निर्माणका लागि १३ हजार २ सय ८० रूपैयाँ प्रदान गरेको छ ।
धनगढी उपमहानगरपालिका-८ कैलाली निवासी पार्वती क्षेत्री बोहराले ११ हजार १ सय ११ रूपैयाँ, भवन निर्माणका लागि हर्कबहादुर बमले ११ हजार १ सय ११ रूपैयाँ, हेल्प अफ हेप्पिनेसले ५ हजार ५ सय ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका-७ कैलाली निवासी रमा जोशीले ११ हजार १ सय ११ रूपैयाँ, भवन निर्माणका लागि आदर्श महिला भजन मण्डलीले १५ हजार ५५ रूपैयाँ, गिरी राज चटौतले ११ हजार १ सय ११ रूपैयाँ, चन्द्रादेवी पनेरुले १५ हजार ५ रूपैयाँ , धनगढी उपमहानगरपालिका-०८, कैलाली निवासी दिलबहादुर खाती र दिपकला खातीले स्वर्गीय बुवा दलबहादुर खाती र स्वर्गीय आमा हसादेवी खातीको स्मृतिमा १५ हजार १ सय ५१ रूपैयाँ , मदिरा व्यवसायी संघले २१ हजार १ सय ५१ रूपैयाँ, भवन निर्माण सहयोगार्थको लागि श्री मदन राज पनेरु, श्रीमती चित्रादेवी पनेरुले ५००० गोटा ईट्टा प्रदान गर्ने भएका छन् ।
भवन निर्माणका लागि श्री महिला स्वास्थ्य स्वयंमसेवीका समूहले ५ हजार ५ सय ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका नगर प्रहरी बल परिवारले १० हजार ५ सय ५५ रूपैयाँ, नवदुर्गा भवानी कालीका मन्दिरले १६ हजार १ सय ११ रूपैयाँ, अञ्जना सिंहले ११ हजार ५ रूपैयाँ, मनसरा पाण्डेले ११ हजार १ सय ५१ रूपैयाँ, भवन निर्माणका लागि कैलाली चेम्बर अफ कमर्शले १५ हजार १ सय १५ रूपैयाँ, धनगढी उपमहानगरपालिका, कैलालीस्थित खप्तड कन्स्ट्रक्सनका प्रोपाइटर टेकबहादुर खड्काले भवन निर्माण लागि १ लाख ११ हजार १ सय ११ रूपैयाँ दान गर्नुभएको छ ।
धनगढी उपमहानगरपालिका-५, कैलालीस्थित श्री बिमला चौधरी (एस.के), रतन एस.के र हिमालयन गौरीशंकर डेन्टल क्लिनिक प्रा। ली।ले भवन निर्माणका लागि १ लाख १ हजार ५ रूपैयाँ दान गरेको छ ।
श्री जिल्ला सरकारी वकील कार्यालय कैलाली परिवारले १८ हजार १ सय ५ रूपैयाँ, बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघद्वारा १२ हजार ५ सय १५ रूपैयाँ योगदान भएको छ ।
धनगढी उपमहानगरपालिका-१५, कैलाली निवासी श्री जानकी ढाँट र कल्पना ढाँटले भवन निर्माणका लागि ५१ हजार १ सय ११ रूपैयाँ दान दिनुभएको छ ।
मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेश कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेको हो ।महायज्ञ माघ २३ गतेदेखि ३० सञ्चालन पशुपति टोलमा (सुदूरपश्चिम महोत्सव हुने) सञ्चालन भएको हो । महायज्ञमा भाष्कर कमलनयन गौतमले संगीतमय श्रीमद भागवत कथा वाचन गर्नुभएको हो
मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेश, कैलाली, धनगढी शाखाको २०७५ साल मंसिर १ गते धनगढी-५ तारानगरमा घर भाडामा लिई सेवा शुभारम्भ गरेको हो ।
शाखाले हालसम्म ३ सय ८८ जना भन्दा बढी बेसहारा, असहाय,अभिभावकविहीन, जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकमानवहरुको सुदूरपश्चिम प्रदेश भित्रका विभिन्न जिल्लाहरूबाट समेत उद्धार गरी सेवा प्रदान गरिसकेको छ ।