धनगढी पोष्ट
शुक्रबार, १६ साउन २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशमा थप १ सय १३ जनामा कारोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टाको अवधीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा बझाङका २५ जना र कैलालीका १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
यसै गरी धुलिखेल अस्पताल धुलिखेलमा गरिएको परिक्षणमा दार्चुलाका १६ र कञ्चनपुरका १८ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थय मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमले बताए । गौतमका अनुसार २४ घण्टाको अवधीमा डडेलधुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बैतडीका १० र डोटीका ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
यसै गरी आजैनै सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परिक्षण्मा धनगढीका १६ जना टिकापुरका ७ जना, बझाङका दुई जना र कञ्चनपुरका १ जनामा कोरोना संक्रमण पुष्टी भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट संक्रमित हुने विरामीको जम्मा संख्या ४ हजार तीन सय ७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ८३ रहेको छ ।