धनगढी पोष्ट
बिहिबार, १५ फागुन २०८१ मा प्रकाशित
प्रशिद्ध जापानीज अटो निर्माता कम्पनी निसान मोटर्सको नयाँ कार म्याग्लाइट सुदूरपश्चिममा भित्रिएको छ । सुदूरपश्चिमकै आधिकारिक विक्रेता जीएआरस ट्रेडिङ कन्सर्न धनगढीको बिहिवारबारदेखि बिक्री शुरु गरेको छ ।
निसान म्याग्नाइट ९९९ सिसी इन्जिन भएको गाडी हो । जसमा म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेको छ । माइलेज १८ देखी २0 किमी प्रतिलिटर रहेको छ। म्याग्नइट नेचुरली एसपिरेटेड इञ्जिन र टर्बोचाज्र्ड इञ्जिनमा उपलब्ध हुने कम्पनीले बताएको छ ।
निसान म्याग्नाइटको मुल्य ३४ लाख ७५ हजार रुपैयाँ निर्धारण गरेको छ ।
सेग्मेन्टमा नै पहिलो पटक उपलब्ध ३६० डिग्री क्यामेराले ग्राहकलाई लोभ्याउने कम्पनीले विश्वास गरेको छ । नेपाली बजारमा छ वटा रङमा उपलब्ध छ ।
नयाँ म्याग्नाइट अझ ‘बोल्डर’ डिजाइन, उत्कृष्ट सुरक्षा विशेषताहरू, र अत्याधुनिक प्रविधिसहित आएको छ, जसले उत्कृष्ट मुल्ययलाई कायम राख्दै अतुलनीय ड्राइभिङ अनुभव सुनिश्चित गर्छ ।
एसयुभिको सुन्दरता वा एस्थेटिक्समा नयाँ म्यागनाइटले नयाँ उचाई लिएको छ । अझ प्रभावशाली उपस्थितिको डिजाइन सहित आएको यो गाडीमा ‘बिगर एन्ड बोल्डर’ ( ठूलो र दरिलो) ‘डुअल — टोन ग्रिल’, ‘फ्लोटिङ स्किड प्लेट’, र श्रेणी ( उत्कृष्ट ‘थ्रिडि हनिकम्ब ग्रेडियन्ट इफेक्ट’ सहितको ‘एलइडि टेल ल्याम्प’ रहेका छन् । यसमा विशेष ३६० लेदर (प्याक समावेश छ, जसमा ‘लेदरेटले मोडिएको ड्यासबोर्ड’, लेदरेट सिटहरू, साथै ढोका, पार्किङ ब्रेक लिभर, स्टेयरिङ र अगाडिको आर्मरेस्टमा लेदरेट ट्रिमहरू रहेका छन् । यसमा १९ लिटरको क्याबिन स्टोरेज, ६०ः४० रियर सिट स्प्लिट सहित विस्तार गर्न सकिने ‘बुट स्पेस’, आर्मरेस्ट स्टोरेज, र कपहोल्डहरू सबै भेरियन्टमा स्ट्यान्डर्ड रूपमा उपलब्ध छन् जसले क्याबिनको उपयोगिता र आरामलाई बढावा दिएको छ ।
जी ए आर एसका प्रवन्ध निर्देशक अशोक पाण्डेयले जापानी ब्राण्ड निसान म्यान्नाइट थप सुविधा सहित आएको र यसले सुरक्षालाई अझै बलियो बनाएको बताए । कारको बिश्व बजारमा निसान अग्र स्थानामा रहेको उल्लेख गर्दै प्रवन्ध निर्देशक पाण्डेयले सुदुरपश्चिममा पनि ग्राहकमैत्री सेवा दिइरहेको बताए ।
संविधान सभा सदस्य मन्जु बम र कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले निसान म्याग्नाइटको अनावरण गरेका हुन् ।
सो अवसरमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुवरले सुदुरपश्चिममा कारको बजार बढिरहेको र जी ए आर एस ले निसानको स्तरिय सेवाबाट सुदुरपश्चिमलाई लाभान्वित बनाएको बताए ।
संविधान सभा सदस्य बमले जी ए आर एस ले कारका उपभोक्ताहरुका लागि म्याग्नाइटले अझै स्तरिय बिकल्प दिएको बताइन् ।