धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

बाजुराको जगन्नाथ गाउँपालिकामा बिद्यालय संचालन

बाजुराको जगन्नाथ गाउँपालिकामा बिद्यालय संचालन

धनगढी

 बाजुराको जगन्नाथ गाउँपालिकाले साउन १५ गतेदेखि बिद्यालय सञ्चालनमा ल्याएको छ ।  कोरोना संक्रमणको जोखिम घटेपछि पठन पाठन नै सुचारु गर्ने गरी गाउँ कार्यपालिकाको निर्णय अनुसार विद्यालय सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

   साउन १५ गते देखि पढाई संचालन गर्ने गाउँ कार्यपालिकाको निर्णय अनुसार साउन १५ देखि नियमित पढाइ सञ्चालन गरिएकोे गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीले बताए । उनका अनुसार  साउन १४ सम्म भर्ना र पाठ्य पुस्तक वितरण कार्य सकिएको र १५ गतेबाट पढाइ सञ्चालन गरिएको हो । सामाजिक दुरी कायम गरी मास्कको अनिवार्य प्रयोग सहित पठन पाठन सञ्चालन गरिएको अध्यक्ष शाहीले बताए ।

गाउँपालिका भित्र आइसोलेशन र क्वारेन्टाइन बनाईएका विद्यालयलाई सेनिटाइज पछि र विद्यार्थी, शिक्षक अभिभावक तथा सरोकारवाला निकायसँगको सहकार्यपछि विद्यालय सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोद गैरेले बताए । साउन १५ देखि गाउँपालिका भित्र रहेका सम्पूर्ण १७ वटै विद्यालय सञ्चालन भएका छन् । जिल्लामा देखिएका ५ सय २० जना कोरोना पोजेटिभ मध्ये २ जना मात्र कोरोना संक्रमति उक्त गाउँपालिकाका भेटिएका थिए । ति दुई जना पनि निको भएर घर फर्किसकेका छन् ।