धनगढी पोष्ट बुधबार, २३ पुष २०८२   January 7, 2026

कञ्चनपुरमा अज्ञात समुहद्धारा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या, श्रीमान घाईते

धनगढी

   कञ्चनपुरको बेलौरी नगरपालिका७ भगतपुरमा शुक्रबार राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ ।

  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले हत्या गरिएकी बेलुका श्रीमान पनि गम्भिर घाईते रहेको बताए ।  उनले अज्ञात समूहकै आक्रमणबाट हत्या गरिएका बेलुका श्रीमान ६२ वर्षीय घनश्याम गम्भीर घाइते भएको बताए ।

  गम्भीर घाइते घनश्यामलाई उपचारका लागि धनगढी पठाएको उनले जानकारी दिए ।  प्रवक्ता थापाले घटनाको अनुसन्धान भइरहेको बताए । प्रहरीले घटनाबारे सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ ।