धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

भारतबाट फर्किदै गरेकालाई बोकेको हाइस दुर्घटनामा १७ जना घाइते

धनगढी

भारतबाट फर्किएकालाई लगेर बझाङ जाँदै गरेको हाईस दुर्घटना हुँदा १७ जना घाईते भएका छन् । शनिवार विहान भीमदत्त राजमार्ग अन्र्तगत डडेल्धुराको आलिताल गाउँपालिका१ घण्टेश्वर मन्दिर नजिक हाइस दु्र्घटना भएको हो ।

 सु.प.प्र. ०१००१ख २३२३ नं.को हाईस दुर्घटनामा घाईते भएका बझाङ तलकोट गाउँपालिका२ बस्ने ३० बर्षीय हिमाल माझी र कैलाली गोदावरी नगरपालिका६ बस्ने २५ बर्षिय शिवराज फुलारालाई उपचारको लागी धनगढी पठाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

 दुर्घटनामा बझाङ तलकोट गाउँपालिका२ का २३ वर्षीया शुसिला धामी सोही ठाउँका ६० वर्षीया हिमकला रोकाया, २६ वर्षका भक्त रोकाया, १८ वर्षका दिपेन्द्र कुँवर, १८ वर्षका  अशोक कुँवर, ३५ वर्षका मिन बहादुर कुँवर घाईते भएका   छन् ।

यसैगरी ४६ वर्षका गोरख कुँवर,४२ वर्षका गंग कुँवर, २४ वर्षका अमृत धमेना, २६ वर्षका  विरेन्द्र धामी, १८ वर्षका रोशन कुँवर, २३ वर्षका देव कुँवर, १८ वर्षका जोवन धमेना, ७ वर्षका  पवन धामी, ६ को अनुप रोकाया घाईते भएका छन् ।

 घाइते १५ जनाको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । हाईस अनियन्त्रीत भएर सडक भन्दा अन्दाजी १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।