धनगढी पोष्ट बुधबार, २८ फागुन २०८१   March 12, 2025

होटल व्यवसायी महासंघका पर्यटन सचिव बमलाई पितृशोक

होटल व्यवसायी महासंघका पर्यटन सचिव बमलाई पितृशोक

धनगढी । होटल व्यवसायी महासंघका पर्यटन सचिव कलम बमलाई पितृशोक परेको छ । आमा गुमाएको ३३औं दिनमा नै पर्यटन सचिव बमलाई पितृशोक परेको हो ।

होटल सनलाइट प्रा. लि.का प्रवन्ध निर्देशक समेत रहेका पर्यटन सचिव बमका बुवा टिका सिंह बमको ८७ बर्षको उमेरमा आइतबार बिहान  १ बजे निधन भएको छ ।  धनगढीमै घरमा शुक्रवार राति हृहयघात भएपछि नोभा हस्पिटलमा  लगिएका बमको उपचारकै क्रममका निधन भएको हो ।

टीका सिंह बमको जन्म बि.स. १९९४ सालमा डोटीको बोगटान फुडसिलगाउपालिका-७ (साविकको चवराचौतारा) दाच्कामा भएको थियो । अत्यन्तै मेहनती, निडर र हक्की स्वभाबका बम स्थानीय ब्यापार र कृषि पेशामा संलग्न हुँदै आएका थिए भने पन्चायती कालदेखि नै समाजसेवामा पनि सक्रिय थिए।

होटल व्यवसायी संघ कैलालीका पुर्व अध्यक्ष समेत रहेका पर्यटन  सचिव बमकी आमा धारुदेवी बमको गत माघ २२ गते ८६ बर्षको उमेरमा निधन भएको थियो ।