वेष्टर्न क्रिष्टल एकेडेमीले बिद्यालयमा भर्ना भएर अक्षर चिन्ने बिद्यार्थीहरुलाइ साक्षरता अवार्ड प्रदान गरेको छ । बुधवार एक कार्यक्रमको आयोजना गरेर वेष्टर्न क्रिष्टलले विद्यार्थीहरुलाई अवार्ड प्रदान गरेको हो ।
पढ्न लेख्न जान्न शुरु गरेको प्रमाणका रुपमा बालबालिकाहरुलाई साक्षरता अवार्ड प्रदान गरिएको वेष्टर्न क्रिष्टलकी संस्थापक÷प्रिन्सिपल उर्मिला कुवरले बताइन् । ‘बिद्यालयमा रहेका बालबालिकाहरुले आफै अक्षर चिनेर लेख्न पढ्न सक्ने भएको प्रमाण साक्षरता अवार्डबाट प्रदान गरिएको हो ।’ संस्थापक÷प्रिन्सिपल उर्मिला कुवरले भनिन् ‘अब बालबालिकाहरु औपचारिक रुपमा अक्षर चिन्न सक्ने भएका छन् ।’
क्रिष्टलले विद्यालय स्थापनाकालदेखि नै बिद्यालयमा भर्ना भएर अक्षर चिन्न शुरु गरेका बालबालिकाह?लाई साक्षरता अवार्ड प्रदान गर्दै आइरहेको छ ।
सो अवसरमा प्याब्सन धनगढी नगर समितिका सभापति ध्रुव सिंहले वेष्टर्न क्रिष्टलले साक्षरता अवार्ड प्रदान गरेर बिद्यार्थीहरुको हौसला बढाउने काम गरेको बताए । धेरै जसो बिद्यालयहरुमा केही सिमित बिद्यार्थीहरुले मात्र अतिरिक्त कृयाकलापमा सभागिता जनाउने गरेको बताउँदै अध्यक्ष सिंहले वेष्टर्न क्रिष्टलले सबै बिद्यार्थीहरुलाई स्टेजमा सहभागी गराएर उदाहरणीय काम गरेको बताए ।
सामाजिक व्यक्तित्व डिल्ली राज जोशीले बिद्यार्थीको चौतर्फी बिकासका लागि बिद्यार्थीले पढाइसँगै अरु क्रियाकलापको अवसर पाउनु पर्ने बताउँदै वेष्टर्न क्रिष्टलले त्यो अवसर प्रदान गरिरहेको बताए ।
धनगढी पोष्ट दैनिकको सम्पादक कर्ण शाहले वेष्टर्न क्रिष्टलले शैक्षिक कार्यका साथै अतिरिक्त कृयाकलापमा जोड दिएर बिद्यार्थीको प्रतिभालाई निखार्ने काम गरिरहेको बताए ।