सुदूरपश्चिममा थप ५३ मा कोरोना संक्रमण

सुदूरपश्चिममा थप ५३ मा कोरोना संक्रमण

धनगढी
 सुदूरपश्चिममा पछिल्लो २४ घण्टाको अवधीमा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । 
 सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीको गोदावरीका २७ सहित सुदूरपश्चिमका ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । उनका अनुसार शनिबार कोरोना पुष्टी भएका अन्य संक्रमित हरुमा बझाङका २३ जना रहेका छन् भने कैलालीको भजनीका तीन जनामा पनि कोरोना संक्रमण पुष्टी भएको छ । 
 सूचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिकाका १० महिला र १७ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । यसै गरी बझाङको छबिस पाथिभेरा गाउँपालिकामा तीन, मष्टा गाउँपालिकामा २, दुर्गागली गाउँपालिकामा ३, थलारा गाउँपालिकामा १० र जयपृथ्बि नगरपालिकाका ५ जनामा संक्रमण पुष्टी भएको हो । पछिल्लो २४ घण्टाको अवधीमा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २ सय ९८ जनाको स्वाव परिक्षण गरिएको थियो ।