धनगढी पोष्ट
शनिबार, १७ साउन २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशमा थप १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, धुलिखेल अस्पलात धुलिखे, र सेती अस्पताल धनगढीको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा थप १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्व गौतमका अनसार पछिल्लो २४ घण्टाको अवधीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा बझाङ ४३, अछाम २८ कैलाली ९ र कञ्चनपुरका ८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यसै गरी धुलिखेल अस्पताल धुलिखेलमा गरिएको परिक्षणमा कैलाली २७ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रबक्ता गौतमले बताए ।
यसै गरी सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको कोरोना परिक्षणमा पछिल्लो २४ घण्टाको अवधीमा बझाङमा २५, कैलालीका ५३ र कञ्चनपुरका १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सम्म सुदूरपश्चिममा १ हजार ६ सय ७५ जनामा सक्रिय संक्रमित रहेका छन् ।