रक्षा बन्धनका अवसरमा सुदूरपश्चिममा सार्वजनिक बिदा

रक्षा बन्धनका अवसरमा सुदूरपश्चिममा सार्वजनिक बिदा

धनगढी
 रक्षा बन्धनका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सोमबार प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । 
 आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रदेश सरकारको बार्षिक कार्ययोजनामा नै रक्षा बन्धनका अवसरमा सार्वजनिक विदा दिने उल्लेख छ । मन्त्रालयका सूचना अधिकारी लक्ष्मी प्रशाद जोशीले २०७७ सालका सार्वजजिक बिदा दिन गरिएका निर्णय प्रदेश राजपत्रमा समेत उल्लेख भइसकेको बताए ।

 प्रदेश सकारको निर्णय संघिय सरकार मातहतमा रहेका  सरकारी कार्यालयले भने मान्न बाध्य हुने छैनन् । प्रदेश सरकारले विश्व वातावरण दिवसका अवसरमा जेठ २३ गते रक्षाबन्धनका अवसरमा साउन १९ गते र अट्वारी पर्वका अवसरमा भदौ ७ गते भुवा पर्वका अवसरमा पुस १९ गते र खखडेहरा पर्वको अवसरमा चैत २३ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।