धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

प्रदेश सभा सदस्य थापालाई मोटरसाइकलले ठक्कर दिएको आसंकामा एक जना पक्राउ

प्रदेश सभा सदस्य थापालाई मोटरसाइकलले ठक्कर दिएको आसंकामा एक जना पक्राउ

धनगढी
 सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बि थापा चढेको मोटरसाईकललाई ठक्कर दिएको आसंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 
 सीसि टिभिमा कैद गरिएका तस्बिरका आधारमा धनगढी–७ मोतिचौकका २८ बर्षे लोकबहादुर बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मोटरसाईकल उनैले ठोकेको हो भन्ने पुष्टि भने भइनसकेको प्रहरी प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।         शनिबार धनगढी स्थित क्याम्पसरोडमा थापा चढेको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिंदा प्रदेश सभा सदस्य थापा गम्भिर घाइते भएकि थिइन्। मोटरसाइकलको ठक्करबाट गम्भीर रुपमा घाइते भएकी थापालाई उपचारका लागि शनिबार सेनाको नाईटभिजन हेलिकोप्टरले उद्दार गरी काठमाण्डौं लगिएको थियो ।