मोहना नदीमा वेपत्ता धनगढीका दुई जनाको खोजी कार्य जारी

धनगढी

  आईतबार दिउसो देखि मोहना नदीमा बेपत्ता भएका धनगढीका दुई किशोरको खोजी कार्य जारी रहेको छ । मोहना नदीमा पौडि खेल्ने क्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का दुई किशोरीमा वेपत्ता भएको प्रहरीले जनाएको  छ ।

 जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले वडा नम्बर १३ श्रीलंकाका १२ वर्षीय किशोर अरुण चौधरी र १५ वर्षीय सन्दिप चौधरी नदीमा वेपत्ता भएको बताए । आईतबार दिउसो बेपत्ता भएका उनीहरुको बारेमा प्रहरीलाई आईतबार बेलुका मात्र खबर भएको प्रहरी नायब उपरिक्षक  विष्टले बताए ।

बिष्टले उनीहरुको आईतबार वेलुका देखि खोजी भईरहेको तर अहिले सम्म फेला नपरेको बताए ।